२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

सहमति पछी पेट्रोलियम ढुवानी व्यवसायीहरुको आन्दोलन फिर्ता

Logo
प्रकाशित बुधबार, भाद्र २९, २०७९


(ABC-Sanchar)
काठमाडौँ । पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । दसैँको मुखमा व्यवसायीहरूले आफ्नो माग पूरा गर्न दबाब दिँदै आन्दोलन थालेकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिन सहमत भएका हुन् ।

सहमतिअनुसार आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सुचारु गर्ने निर्णय भएको छ । सहमतिपत्रमा पूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष खगेश्वर बोहराको हस्ताक्षर छ । तीन बुँदे सहमतिअनुसार नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले ढुवानी भाडा वृद्धि तथा समायोजन गर्न माग गरेकामा यसबारेमा असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने सहमति भएको छ ।

यस्तै नेपाल पेट्रोलियम टैंकर चालक संघ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले राखेका मागका सम्बन्धमा महासङ्घको प्रतिनिधिसहित सम्बन्धित संघ तथा सङ्गठनको प्रतिनिधिहरूको उपस्थितिमा आवश्यक छलफल गरी शीघ्र उचित सम्बोधन गर्ने सहमति भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!