२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

स्याङ्जा प्रहरीले एकैदिन ४६ जना विभिन्न मुद्दाको प्रतिवादीहरु पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र ३०, २०७९

ABC (क्राईमबिट)
स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकैदिन ४६ जना विभिन्न मुद्दाका प्रतिवादीहरु पक्राउ गरेको छ।

सार्वजनिक मुद्दामा सजाए तोकेपछि फरार उनीहरुलाई जिल्ला तथा मातहतका कार्यालयबाट खटिएका प्रहरीले बुधबार ४६ जना पक्राउ गरी आवश्यक कारवाही अघि बढाएको डिएसपी रविन्द्र खनालले जानकारी दिए।

‘प्रतिवादि पक्राउ अभियान’ संचालन गरेको प्रहरीले फैसला कार्यान्वयनको शिलशिलामा विगत ५ वर्षदेखि फरार प्रतिवादी पक्राउ गरी प्रशासन कार्यालय स्याङ्जाामा आवश्यक कारवाहीका लागि बुझाएको डिएसपी खनालले बताए।

सार्वजनिक अपराध तथा अन्य कसुरका आरोपित उनीहरुबाट १ लाख २६, हजार ७५ रुपैयाँ समेत राजश्व संकलन गरिएको र कसुर अनुरुप कारवाही अघि बढाएको प्रहरीको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!