२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

रुपन्देहीबाट पेस्तोलसहित एक जनालाई पक्राउ

Logo
प्रकाशित शुक्रबार, भाद्र ३१, २०७९

(  ABC Sanchar)                                             प्रहरीले रुपन्देहीबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

बागलुङ दगातुन्डाडा घर भई बुटवल उपमहानगरपालिका-८ सुख्खानगर बस्ने ३३ वर्षीय सन्त्तोष सलामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

प्रहरीले रुपन्देहीबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

बागलुङ दगातुन्डाडा घर भई बुटवल उपमहानगरपालिका-८ सुख्खानगर बस्ने ३३ वर्षीय सन्त्तोष सलामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

उनका अनुसार शुक्रबार दिउँसो सलामीलाई पेस्तोलसहित पक्राउ गरिएको हो।

बुटवल उपमहानगरपालिका-९ इँटाभट्टामा रहेको होटल नमोबुद्धबाट सलामीलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो।

सलामीले शरीरमा लुकाएर राखेको अवस्थामा काठको बिड भएको पेस्तोल बरामद गरिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए।

यस्तै सलामीको साथबाट तीन थान गोली समेत बरामद गरिएको छ।

सलामीमाथि जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरू गरिएको जनाइएको छ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!