२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

हालसम्म डेंगुका कारण २० जनाको मृत्यु, साढे १६ हजार बढी संक्रमित देखियो

Logo
प्रकाशित सोमबार, आश्विन ०३, २०७९

 

(ABC-Sanchar)

काठमाडौँ । नेपालमा गएको पाँच साताको अवधिमा डेंगु संक्रमण कारण २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार श्रावण महिनायता २० जनाको ज्यान भएको हो ।

७५ जिल्लामा डेंगु फैलँदा १६ हजार ५८७ जना संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै बाग्मती प्रदेशमा १२ हजार ४०१ जना डेंगु संक्रमित भएका छन् । यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ४२२ जनामा संक्रमित हुँदा १ नम्बर प्रदेशमा ५०४ जना संक्रमित भएका छन् ।

यस्तै क्रमशः सुदूरपश्चिम प्रदेशमा ४९३, गण्डकी प्रदेशमा ३२२, मधेस प्रदेशमा २४२ र कर्णाली प्रदेशमा २०३ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!