२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

सिआईबीले सस्तोमा जग्गा बेच्ने भन्दै १ करोड ठगी गर्ने ६ जना पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन ०३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सस्तोमा जग्गा बिक्री गर्ने भन्दै एक करोड रुपैयाँ ठगी गर्ने ६ जना पक्राउ परेका छन् । हङकङ बस्ने गीता बुढाथोकीलाई काठमाडौं भीमढुंगाको जग्गा सस्तोमा बिक्री गर्ने भन्दै ठगी गर्नेलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी आइतबार अदालतमा मुद्दा दायर भएको छ ।

प्रेम खत्री, गुञ्जसिंह थापा, शिव भण्डारी, हरि श्रेष्ठ, कुमार मानन्धर र रामराज भण्डारीविरुद्ध लिखत कसुर तथा ठगी मुद्दा दायर भएको हो । १९ रोपनी १३ आना जग्गामध्ये मोहियानी हक छुटाएर आनाको पाँच लाख रुपैयाँका दरले दिने भन्दै उनीहरूले गत ८ साउनमा एक करोड रुपैयाँ बैना लिएका थिए । नागार्जुन नगरपालिका वडा नम्बर ८ मा लिखत प्रमाणीकरण दस्तुरसमेत बुझाई वडाध्यक्ष शुक्रबहादुर तामाङको हस्ताक्षर भएको पत्र देखाएका थिए । पछि बुझ्दा सो पत्र नै उनीहरूले किर्ते गरेको खुलेको हो । उनीहरूले सोही जग्गा बिक्री गर्ने भन्दै रामकुमार थपलिया र गोविन्द नगरकोटीलाई समेत १५ लाख बैना लिई ठगी गरेको सिआइबीका एसपी कमल थापाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!