२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

तुलसीपुर ट्राफिक प्रमुख जिसी अटो व्यवस्थापनका लागि मार्किङको काममा

Logo
प्रकाशित मंगलबार, आश्विन ०४, २०७९

 

(केभी निस्चल)

दाङ । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले अटो व्यवस्थापनको काम सुरु गरेको छ । मंगलबारदेखि तुलसीपुरको नयाँ बसपार्क क्षेत्रबाट अटो व्यवस्थापनको लागि मार्किङको काम सुरु गरिएको हो ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख उत्तमकुमार जिसीका अनुसार बसपार्क क्षेत्रमा अस्तब्यस्त पार्किङलाई मार्किङ गरि व्यवस्थित गर्ने कामको सुरु गरिएको हो ।

तुलसीपुर बसपार्क क्षेत्रमा अटो पार्किङका लागि निश्चित क्षेत्र निर्धारण गर्न मार्किङको काम सुरु गरेको र बजार क्षेत्रका अटो पार्किङका लागि मार्किङ सुरु हुने जिसीले बताए । बस पार्कमा अटोका लागि पार्किङ स्थल निर्धारण गरि सकेपछि तुलसीपुरको ‘क’ लाइन ‘ग’, लाइन सल्यानरोड, राप्ती प्रादेशिक अस्पताल क्षेत्रलगायतका स्थानमा मार्किङको काम गरिने उनको भनाई छ । मार्किङका लागि तुलसीपुर उपमहानगरपालिकाले एक लाख बराबरको रङ उपलब्ध गराएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!