०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

भारतीय चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन

Logo
प्रकाशित बुधबार, आश्विन ०५, २०७९

 

(ABC-Sanchar)

काठमाडौं । चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । श्रीवास्तवको दिल्ली एम्स अस्पतालमा उपचारको क्रममा बुधवार निधन भएको छ ।

५९ वर्षका श्रीवास्तलाई १० अगस्टमा हृदयाघात भएको थियो । त्यसपछि उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । राजु बलिउड स्टार र राजनीतिज्ञहरूको नक्कलका लागि परिचित छन् । राजुले धेरै टिभी र स्टेज शोमा काम गरिसकेका छन् ।

श्रीवास्तवको जन्म मध्यम वर्गीय परिवारमा भएको थियो । उनले करियरको सुरुका दिनमा ५० रुपैया पाउँथे । तर सफलता पाएपछि उनले एउटा शोको ५–१० लाख रुपैयाँ लिने गर्थे ।

राजु सानैदेखि स्टेज शो गर्थे । यसका अलावा उनले धेरै फिल्ममा स–साना भूमिका पनि गरेका छन् । उनी ‘मैने प्यार किया’, ‘बाजीगर’, ‘बम्बे टु गोवा’, ‘बिग ब्रदर’, ‘मै प्रेम की दीवानी हूँ’ जस्ता धेरै बलिउड फिल्ममा देखिएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । अधिकांश दैनिक पत्रिकाका सञ्चालकहरुले आर्थिक मन्दीको कारण देखाएर पत्रकार तथा कर्मचारी निस्काशन गर्ने र कटौती गर्ने काम गरिहेका छन् । निजी रुपमा सञ्चालित सबैभन्दा ठूलो सञ्चारमाध्यमको अवस्था पनि अरु भन्दा फरक देखिँदैन । सबैभन्दा ठूलो सञ्चारमाध्यम कान्तिपुर पब्लिकेशन प्रा.लि.ले टेलिभिजन, कान्तिपुर दैनिक, सर्वोत्तम नारी, साप्ताहिक, काठमाडौं पोष्ट, नेपाल जस्ता प्रकाशनहरु गर्दै […]

  (ABC-Sanchar) काठमाडौं । चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । श्रीवास्तवको दिल्ली एम्स अस्पतालमा उपचारको क्रममा बुधवार निधन भएको छ । ५९ वर्षका श्रीवास्तलाई १० अगस्टमा हृदयाघात भएको थियो । त्यसपछि उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । राजु बलिउड स्टार र राजनीतिज्ञहरूको नक्कलका लागि परिचित छन् । राजुले धेरै टिभी […]

(ABC-Sanchar) काठमाडौं । दुबई जान लागेकी ज्याकलिनलाई मनी लान्ड्रिङ मुद्दामा पक्राउ गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। भारतको प्रवर्तन निर्देशालयले सो मुद्दामा उनीविरूद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनलाई पक्राउ गरिएको हो। प्रवर्तन निर्देशनालयले सुकेश चन्द्रशेखर, उनकी पत्नी लीना मारिया पल र अन्य ६ जनाविरुद्ध २०० करोड रुपैयाँको मनी लान्ड्रिङ मुद्दामा ७ हजार पृष्ठको आरोपपत्र दायर […]