२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

९ दिनदेखि आमरण अनसनमा बसेका डा.केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना

Logo
प्रकाशित बुधबार, आश्विन ०५, २०७९


(ABC-Sanchar)
काठमाडौँ । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ माग राखी ९ दिनदेखि आमरण अनसन बसेका डा.गोविन्द केसीलाई उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

स्वास्थ्य स्थिति जटिल हुँदै गएपछि धनगढीबाट श्री एयरलायन्सको नियमित उडानबाट बुधबार साँझ उनी काठमाडौँ आएका थिए।

धनगढीमा अनसन बसिरहेको डा.केसीले आफ्नै खर्चमा केही स्वास्थ्यकर्मीसहित काठमाडौँ आएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।

उनी अहिले त्रिवि शिक्षण अस्पतालमा थप उपचारका लागि भर्ना भएका हुन्।

डा। केसी आफ्ना शुभचिन्तकको आग्रहमा आफैँले टिकट काटेर काठमाडौं आउन तयार भएका हुन्। राज्यलाई कुनै पनि भार नपार्ने भन्दै यसअघि उनलाई लिन गएको नेपाली सेनाको स्काइ ट्रकमा उनी आउन मानेका थिएनन्।

मङ्गलवार दिउँसो गृह मन्त्रालयले सेनाको स्काई ट्रक धनगढी पठाए पनि उनी आउन नमानेपछि रित्तै फर्किएको थियो।

धनगढीमा १० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको हो।

बुधबार सेती प्रादेशिक अस्पतालले एक विज्ञप्ति जारी गर्दै लामो समयसम्म भोकै बस्दा उनको स्वास्थ्यमा गम्भीर समस्या आएकोले उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज रेफर गरिएको जनाएको छ।

धनगढीबाट अपराह्न ५ बजेको श्री एयरलाइन्सको नियमित उडानबाट उनी काठमाडौं आएका हुन्।

सेती प्रादेशिक अस्पतालका डाक्टर शेरबहादुर कमरका अनुसार डाक्टर केसीको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुनसक्ने र थप गम्भीर स्थिति देखापर्ने भन्दै तत्काल थप उपचार आवश्यक देखिएको हो।

त्यस्तै उनको पेटमा कडा खालको अल्सर भई रक्तस्राव भएको आंशकासमेत उनले गरेका छन्।

अनसन बसेको तेस्रो दिनबाट डा.केसीको स्वास्थ्यमा समस्या देखा पर्न थालेको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा राखिएको थियो।

भोकै बस्दा स्वास्थ्यमा समस्या आएको र समयमै स्वास्थ्यको ख्याल गर्न उनलाई अस्पताल प्रशासनले सुझाव दिएको थियो।
तर, केसीले मुखबाट पानी र नसाबाट रिडगर ल्याक्टेट बाहेक अन्य कुरा नलिने अडान लिएकाले उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको डाक्टर कमरले बताए।

मेडिकल क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राख्दै धनगढीको लक्ष्मीनारायण मन्दिरमा डा.केसी गत सोमबारदेखि आमरण अनसनमा थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!