२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बागमती प्रदेश प्रहरीले गर्‍यो सार्वजनिक चाडपर्व लक्षित विशेष सुरक्षा योजनाहरु

Logo
प्रकाशित बुधबार, आश्विन ०५, २०७९

ABC (क्राईमबिट)

काठमाडौँ । बागमती प्रदेश प्रहरीले चाडपर्व (बडा दसैँ, शुभ दीपावली र छठ) लक्षित विशेष सुरक्षा योजना बनाएर बुझाएर एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उक्त विशेष सुरक्षा योजना सार्वजनिक गरेका हुन् ।

चाडपर्व सुरु भइसकेको अवस्थामा सो समयमा हुने आपराधिक गतिविधिहरूलाई न्यूनीकरण एवं नियन्त्रण गरी बागमती प्रदेश अन्तर्गतका आम नागरिकले सुरक्षित रूपमा चाडपर्व मनाउने वातावरण तयार गर्ने अभिप्रायले विशेष सुरक्षा योजना तयार गरी बुधबारबाट लागु गरिएको उनले बताए । चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुरूप बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरूमा प्रभावकारी सुरक्षा व्यवस्थापनका निमित्त अन्तर्राष्ट्रिय एवं प्रदेश प्रवेश गर्ने सीमा नाकामा तालिम प्राप्त प्रहरी कुकुरसहित नियमित तथा सर्प्राइज चेकजाँचको व्यवस्था मिलाइएको छ ।

नियमित क्युआरटी टोली परिचालन गर्ने, मोबाइल गस्ती परिचालन गर्ने, पिकेट ड्युटीमा थप परिचालन गर्ने, प्रमुख धार्मिक स्थल, बैङ्किङ तथा वित्तीय संस्थामा प्रहरी परिचालन गर्ने, जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कालो बजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेलाई नियन्त्रण गर्न बजार अनुगमनको व्यवस्था मिलाउने सुरक्षा योजनामा उल्लेख छ ।

चाडबाडका बेला हुनसक्ने झैझगडा तथा जुवातास एवं घरेलु मदिरा नियन्त्रण गर्ने, लागु पदार्थ तथा मादक पदार्थ सेवन सम्बन्धित चेकजाँचको व्यवस्था मिलाउने, बसपार्कमा महिला प्रहरी र ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गरी २४ औं घण्टा प्रहरी परिचालन गर्ने, सवारी दुर्घटना न्यूनीकरणका लागि नियमित राजमार्ग गस्ती परिचालन गर्ने, सवारी साधनहरूको गति नियन्त्रणका लागि राडरगनसहितको विशेष ट्राफिक चेकिङ गर्ने, प्रमुख राजमार्गहरूमा रात्रीकालिन वेश स्थापना गर्नेलगायतका विषय सुरक्षा योजनामा समेटिएको छ । चाडपर्व लक्षित सुरक्षा योजना अनुरूप जनपद, ट्राफिक तथा सादा पोसाकमा समेत गरी जम्मा ५ हजार ३३२ जना प्रहरी टोली परिचालित हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!