२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

निर्वाचन आयोगले ७७ वटै जिल्लामा अधिकृतहरु नियुक्त

Logo
प्रकाशित बुधबार, आश्विन ०५, २०७९

 

(ABC-Sanchar)
काठमाडौँ । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगले आज बुधवार ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो । चुनाव गराउनका लागि प्रत्येक जिल्लामा एक जना निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा एक जना निर्वाचन अधिकृत नियुक्त गर्ने व्यवस्थाअनुसार आउने ११ गतेदेखि लागू हुने गरी न्याय परिषद्को सिफारिसमा ७७ वटै जिल्लाका जिल्ला न्यायाधीशलाई त्यही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ ।

यस्तै न्याय सेवा आयोगको सिफारिसमा बाँकी ८८ निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने चुनावका लागि निर्वाचन आयोगले भोलि बिहीवारदेखि अस्थायी मतदाता नामावली सङ्कलन गर्दैछ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन अब ६० दिन बाँकी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!