२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

उच्च अदालतको अदेश हटुकुचामाथि बनेका संरचनाहरुमा क्षति नपुर्‍याउन

Logo
प्रकाशित बिहिबार, आश्विन ०६, २०७९


(ABC-Sanchar)
काठमाडौँ । हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना भत्काउने महानगरको योजनामा असोज २६ गतेसम्म रोक लागेको छ । उच्च अदालत पाटनले बुधवार अल्पकालीन अन्तरिम आदेश दिँदै तत्काल ती क्षेत्रका संरचना नभत्काउन आदेश दिएको हो ।

बुधवार न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले २१ थान मुद्दाको एकै पटक सुनुवाइ गर्दै असोज २६ गतेसम्म हात्तीसार क्षेत्रका ती संरचनामा कुनै काम क्षति नपुराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

छुट्टाछुट्टै रिट दर्ता भएपनि सबै मुद्दालाई एकैसाथ राखेर अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा सुनुवाइ भएको थियो । सुनुवाइपछि यी सबै मुद्दाको सम्बन्धमा असोज २६ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश दिएर त्यहाँ कुनै क्षति नपुराउन भनिएको छ ।

यसअघि बुधवारका लागि पेसी तोकिएका प्रेसिडेण्ट ट्राभल्स एण्ड टुर्स लगायतका तीन घरका सम्बन्धमा अन्तरिम आदेशको निरन्तरता हुने कि नहुने भन्ने सम्बन्धमा असोज ७ गते शुक्रवार दोहोरो छलफलमा बोलाएको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!