२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

मानवसेवा आश्रम दाङमा निशुल्क औषधी वितरण

Logo
प्रकाशित बिहिबार, आश्विन ०६, २०७९

 (तुफानबाबु श्रेष्ठ) दाङ । नेपाल औषधी थोक व्यवसायी संघ दाङ शाखाले सामाजिक उत्तरदायित्व वहन गर्दै मानवसेवा आश्रम तुलसीपुरमा निशुल्क औषधी वितरण गरेको छ । कार्यक्रममा आश्रमकी संचालिका सिर्जना अधिकारीले हेटौडामा केन्द्रिय कार्यालय रहेको मानवसेवा आश्रमको हालसम्म देशका १६ वटा जिल्लामा शाखा रहेको बताउनु भयो । तुलसीपुरमा रहेको शाखाको व्यवस्थापन सन्तोषजनक रहेको र ६५ जना वेसहारा तथा सडक मानवहरुको उद्दार गरिए संगै सबैलाई उचित सरसफाई, खानपिन र औषधी उपचार तथा बसाईको प्रवन्ध गरिएको उहाँको भनाइ थियो । यति धेरै मेहेनतका साथ व्यवस्थापन हुँदै आएको संस्था हाल महंगो भाडा तिरेर सन्चालन गर्दा यसको व्यवस्थापनको निरन्तरता र दिगोपनमा कतै समस्या त आउने होइन ? भन्दै उहाँले चिन्ता व्यक्त गर्नु भयो । कार्यक्रममा नेपाल औषधी थोक व्यवसायी संघका केन्द्रिय सदस्य शरदराज शर्माले आश्रममा रहनुभएका बुवा-आमाहरुको स्वास्थ्य लाभको कामना गर्दै छिट्टै पारिवारिक पुनर्मिलनको लागि शुभकामना दिनु भयो । साथै उहाँले स्थानिय सरकार वा निकाय तथा सरोकारवालाहरुले मानवसेवा आश्रमको व्यवस्थापनमा चासो देखाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शालिकराम आचार्यले बिग्रदो मानव सभ्यता, मान्छेको स्वभाब तथा व्यहोरामा मानविय नैतिकता, आदर्श, मुल्य-मान्यता, दया-म…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!