२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

धेरै बिबादा पछी प्रेम गीत ३ को हिन्दी डबलाई नेपाली फिल्मकै मान्यता

Logo
प्रकाशित बिहिबार, आश्विन ०६, २०७९


(ABC-Sanchar)
काठमाडौं । सन्तोष सेनद्वारा निर्मित चलचित्र प्रेम गीत-३ को हिन्दी डब लाई पनि नेपाली फिल्मकै मान्यता दिइएको छ।

सो बिषयमा निर्माता र चलचित्र विकास बोर्डबीच विवाद बढेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दुवै पक्षलाई बोलाएर छलफल गरेको थियो।

छलफलपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो। अब ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ।

हिन्दी डबले नेपाली फिल्मकै मान्यता पाएपछि निर्माता सन्तोष सेनले खुशी व्यक्त गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘सत्यको हमेशा जीत हुन्छ! हामीलाई बढी बोल्यो भन्नेले समिक्षा गर्र्नु जरुरी छ। हामीलाई भएको अन्याय बिरुद्द आवाज उठाएका हौ। हाम्रो मुद्दा एउटै हो संसारले नेपाली चलचित्र करार गरेको छ । आफ्नो धर्ती मा बनेको चलचित्र लाई देशले किन स्विकार गर्दैन भन्ने हाम्रो चित्त दुखाई थियो। जय नेपाली चलचित्र ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!