२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

अव्यवस्थित ढल र पार्किङले कर्णाली प्रदेशको राजधानी अस्तव्यस्त दृश्य

Logo
प्रकाशित शुक्रबार, आश्विन ०७, २०७९

(ABC-Sanchar)
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर अति व्यस्त शहर बनेको छ । संघीयता कार्यान्वयनसँगै प्रदेश राजधानीको केन्द्र बनेको वीरेन्द्रनगरका सडकमा दोहोरो सवारी साधनको ताँती लाग्छ । राजधानी बनेसँगै वीरेन्द्रनगर व्यवस्थित ढल निकास, फोहोर मैला र पार्किङको व्यवस्था नहुँदा अस्तव्यस्त बनेको छ ।

वीरेन्द्रनगरका व्यस्त बजारका सडक छेउछाउमा अव्यवस्थितरूपमा पार्किङ गरिएका सवारी साधनका कारण धेरैले दुःख पाएका छन् । पार्किङ क्षेत्र अभावको कारण देखाउँदै सवारी चालकले मनपरी ढङ्गले फुटपाथमा पार्किङ गर्दै आएका छन् । फुटपाथमा पार्किङ गर्ने बढ्दो प्रवृत्तिले पैदलयात्रीलाई निकै नै सास्ती हुने गरेको छ ।

पार्किङका लागि मुख्य बजार तथा राजमार्गमा नो पार्किङ लेखिएका साइन बोर्डहरु नहुँदा बजार क्षेत्रभित्र यातायातका साधन जथाभावी पार्किङ हुने गरेका छन् । व्यवस्थित पार्किङमात्र नभई समयमै फोहोर सङ्कलन नहुँदा चोकचोकमा फोहोरको डुङ्गुर लाग्ने गरेको छ । वीरेन्द्रनगरमा ढल निकास, फोहोर मैला र अस्तव्यस्त पार्किङले नगर कुरूपजस्तै बन्दै गएको छ ।

फोहोर मैला र अव्यवस्थित पार्किङले गर्दा बजारको सौन्दर्यमा कमी आएको नगरपालिकाको बुझाइ छ । ढल निकास, ट्राफिक व्यवस्थापन तथा व्यवस्थित बनाउन नगरपालिका लागिपरेको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले बताए ।

उनले ढल निकासको व्यवस्थापनका लागि स्थानीय सरकार लागिपरेको बताउँदै बजार क्षेत्रभित्रका सडकमा भइरहेको अव्यवस्थित पार्किङलाई हटाएर नगरलाई व्यवस्थित गरिने जानकारी दिए । फोहोरमैला, ढल निकास तथा ट्राफिक ब्यवस्थापनमा स्थानीय सरकार मात्रै नभई प्रदेश सरकारले पनि बेलैमा ध्यान पु¥याउन आवश्यक रहेको नगरप्रमुख ढकालको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!