२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

आईजीपी सिंहको प्रमुख आतिथ्यमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफि प्रदर्शन

Logo
प्रकाशित शनिबार, आश्विन ०८, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को रनिङ ट्रफि प्रदर्शन कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयको प्राङ्गणमा शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त ट्रफि प्रदर्शन गर्दै प्रतियोगितामा सहभागी हुन लागेका खेलाडीहरूलाई ट्रफि प्रदर्शनीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विजय हाँसिल गर्न प्रेरणा मिल्ने आशा व्यक्त गर्नुभयो । राष्ट्रिय खेलकुद असोज २८ गतेदेखि औपचारिक रूपमा शुरु हुने भएतापनि हालै सम्पन्न भएको पुरूष क्रिकेटमा नेपाल प्रहरीको क्रिकेट टिमले स्वर्ण पदक जितेर उत्कृष्ट सुरूवात गरिसकेको उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले प्रतियोगितामा हुने खेलहरूमा नेपाल प्रहरीमा आबद्ध खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरी नेपाल प्रहरीको गरिमा उच्च राख्न शुभेच्छा व्यक्त गर्नुको साथै खेलमा सहभागी हुने अन्य १० टिमलाई समेत सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । राष्ट्रिय खेलकुदलाई सफल बनाउनु हामी सबैको दायित्व भएकोले नेपाल प्रहरीबाट पूर्ण सहयोग रहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल ओलम्पियन संघका अध्यक्ष तथा रनिङ ट्रफी टुर कार्यदलका संयोजक दिपक बिष्टले ट्रफि टुरमा नेपाल प्रहरीले पुर्‍याएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै हालसम्म ३ वटा प्रदेश, नेपाली सेना र नेपाल प्रहरीमा ट्रफि प्रदर्शनी गरिएको जानकारी गराउनुभयो । नेपाल प्रहरीसँगको समन्वयमा खेलकुद सम्बन्धी कार्यहरू गर्दै आएको स्मरण गर्दै खेलकुदको माध्यमबाट नेपाल प्रहरीले राष्ट्रका लागि पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा २०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने मूल नाराका साथ गण्डकी प्रदेशमा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को अवसरमा उक्त प्रदर्शनी कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, रनिङ ट्रफि टुर कार्यदलका सदस्यहरू दिपक श्रेष्ठ, अरूणा शाही र मिरा राई तथा नेपाल प्रहरीको प्रतिनिधित्व गरी राष्ट्रिय खेलकुदमा सहभागी हुन लागेका खेलाडीहरू, वरिष्ठ प्रहरी अधिकृहरू लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!