२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

न्युरोड जाने सवारीसाधनलाई शनिबारदेखि खुलामञ्चमा पार्किङको व्यवस्था गर्दै

Logo
प्रकाशित शनिबार, आश्विन ०८, २०७९

(ABC-Sanchar)

काठमाडौं । न्यूरोड गेटबाट भित्र प्रवेश गर्ने चारपाङ्ग्रे सवारी साधनलाई आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले एक सूचना जारी गर्दै काठमाडौंको न्यूरोड क्षेत्रमा हुने सवारी चाप बढेकाले यात्रुवाहक, मालवाहक तथा निजी सवारी साधनले खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको जानकारी दिएको हो।

कार्यालयका अनुसार दसैंको समयमा भीड बढ्दै गएकाले आजदेखि फुलपातिसम्म यो व्यवस्था लागू गरिएको हो। बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्सन गरी खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ।

कार्यालयले चाडवाडमा दुर्घटनारहित यात्राका लागि शुभकामना व्यक्त गर्दै काठमाडौंको न्यूरोड क्षेत्रमा हुने सवारी चापलाई कम गर्न यो व्यवस्था लागु गरिएको बताएको छ। प्रहरीले तोकिएको मिति र समयसम्म धैर्यधारण गरी ट्राफिक व्यवस्थापनमा सहयोग गरिदिन सवारी चालकलाई अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!