२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

बाँकेमा सबै भन्दा धेरै डेंगुका बिरामी बढी

Logo
प्रकाशित शनिबार, आश्विन ०८, २०७९

(ABC-Sanchar)
बाँके । नेपालगञ्जको भेरी अस्पतालले कोभिडका लागि छुट्याएको वार्डमा डेङ्गु लगायत बिरामी राखेको छ । यहाँ डेङ्गुको बिरामी ४६ जना छन् । कोभिडका बिरामी बढेपछि अस्पतालले छुट्टै वार्ड बनाएकोमा डेङ्गु लगायतका बिरामी बढेपछि उक्त वार्डमा ती बिरामीलाई राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.बद्री चापागाईँले बताए । उनले भने, “यो बिरामी बढ्ने मौसम हो । बिरामी बढेर राख्ने ठाउँ छैन ।” अस्पतालमा एक सय ५० शय्या छ । ठाउँ नभएपछि कुरुवाका लागि बनाइएको बेन्च, कुर्सीमा बिरामी बसेका छन् ।

अस्पतालमा डेङ्गुलगायतका बिरामी बढेपछि रिफर गर्ने क्रम बढेको छ । एकै दिन अस्पतालमा पुगेर दर्जनभन्दा बढी फर्किरहेका छन् । पश्चिमको रिफरल सेन्टर मानिने भेरीमा डेङ्गुबाट दुई जनाको मृत्यु भइसकेको छ । यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा डेङ्गु रोग रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला बीचलाई सचेत गराउँदै आएको उपमेयर कमरुद्दिन राईले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!