३२ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

सिरहा र सुनसरीका निर्वाचन अधिकृतहरुको सरुवा

Logo
प्रकाशित सोमबार, आश्विन १०, २०७९

(ABC-Sanchar)
काठमाडौँ । सिरहा र सुनसरीका निर्वाचन अधिकृत हेरफेर भएका छन् । निर्वाचन आयोगको सूचनाअनुसार यसअघि सिरहा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लागि सर्वोच्च अदालतका कृष्णप्रसाद अधिकारीलाई नियुक्त गरिएको थियो ।

त्यसैगरी, सुनसरी क्षेत्र नम्बर ३ का लागि राजश्व अनुसन्धान विभागका विदुर कुमार कार्की नियुक्त भएका थिए । सुनसरीमा कार्कीको स्थानमा विशेष सरकारी वकिल कार्यालय काठमाडौंका उमाकान्त पौडेललाई नियुक्त गरिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी मंसिर ४ गते हुँदै छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ ।

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराकी ४२ वर्षीया रिता लामिछानेलाई क्रुरतापूर्वक हत्या गरेको कसुर ठहर गर्दै दाङ जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का ३८ वर्षीय टेकबहादुर हमाललाई आजीवन कारावासको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले सोमबार हमाललाई आजीवन कारावास र पाँच लाख जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । हमालले […]

दाङ । दुर्घटनामा परी गढवा गाउँपालिका– ८ घर भई घोराही उपमहानगरपालिका–१७ भैँसाहिमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिकको मृत्यु भएको हो ।दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । […]

error: Content is protected !!