२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

राष्ट्रिय अनुसन्धान १४ डिएसपी एसपीमा बढुवा विवादमा तानिए अनुसन्धान प्रमुख

Logo
प्रकाशित बुधबार, आश्विन १२, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापालाई पहिलो गाँसमै ढुंगा लागेको छ । उनले गरेको डिएसपीबाट एसपीको बढुवा विवादमा तानिएको छ ।

बुधबार उनले १४ डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेका थिए । सिफारिसमा निष्पक्षता नभएको भन्दै धेरैले गुनासो गरेका छन् ।

बढुवा हुनेहरुमा राजन शर्मा, मोहन कुँवर, अशोक भट्ट, पवन जोशी, ओम जोशी, हरिष बिष्ट, प्रकाश शाह, रिता अधिकारी, रजनी घिमिरे, सुरेश तिवारी, सुशील महत, केशब न्यौपाने, हेमन्त चौधरी लगायत बढुवामा परेका छन् ।

पहिलो नम्बरमा बढुवा भएका शर्मा माधव नेपालका आफन्त हुन् । दोस्रो नम्बरमा बढुवा भएका कुँवर भिम रावल निकट हुन् भने तेस्रो नम्बरमा बढुवा भएका भट्ट स्थानीय तहको निर्वाचनमा अछाममा असक्षम घोषित भएका थिए । अन्य सुरक्षा निकायका प्रमुखलाई कारबाही भएपनि उनलाई भने पुरस्कृत गरिएको छ । त्यस्तै पवन जोशी ओम जोशीका आफन्त हुन् ।

बढुवामा तिव्र लबिइङ थियो । जसकारण केही क्षमतावान अधिकृत छुटेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!