२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

निद्रा न लाग्नुको कारणहरु यस्तो छ्न यी १० उपायहरु अपनाउनुहोस

Logo
प्रकाशित शुक्रबार, आश्विन १४, २०७९


(ABC-Sanchar)
काठमाडाैं । मानिस स्वस्थ रहन राम्रो निद्रा आवश्यक छ। निद्रा पुग्दा शरीर र मस्तिष्कले राम्रो काम गर्दछ। कतिपयलाई समयमा निद्रा नलाग्ने समस्या हुन्छ। अनिद्राले मानसिक र शारीरिक दुवै स्वास्थ्यलाई असर गर्न सक्छ। राम्रो निद्राका लागि घरमै गर्न सकिने केही विधिहरूको बारेमा आज हामी चर्चा गर्ने छौँ।

१. सुत्ने एउटा समय फिक्स गर्ने

धेरै मानिसहरूलाई सुत्ने तालिका सेट गर्नाले सजिलोसँग निदाउन मद्दत हुन्छ। जति बेला मन लाग्छ त्यति बेला सुत्ने बानीले निद नलाग्ने समस्या उत्पन्न हुन्छ। सुत्नलाई कुनै एउटा समय फिक्स गर्यो भने सोही समयमा सुत्ने बानी लाग्छ।

२.दिउँसो नसुत्ने

रातमा कम निद्रा लाग्ने मानिसहरूलाई दिनको समयमा निद्रा लाग्ने गर्छ। तर अनुसन्धानहरूले दिउँसो जति सुते पनि राती सुतेको जस्तो नहुने देखाएका छन्। दिउँसो बढी सुत्नेहरूमा झन् अनिद्रा बढ्छ।

३.घडी हेरेको हर्यैक नगर्ने
निद्रा नलागेपछि मानिसहरू कति बज्यो भनेर घडी हेरिरहने हुन्छन्। अनिद्रा भएका मानिसहरूमा घडी हेर्ने सामान्य कुरा हो। तर यसले निद्रा नलाग्ने र एन्जाइटी बढ्ने हुन सक्छ।

४.सुत्नु अघि लेख्ने अभ्यास गर्नुहोस्
निद्रा नलागे पछि मानिसहरू धेरै सोच्न थाल्छन्। जसले थप चिन्ता र नकारात्मक भावनाहरू बढाउँछ। सोहिकारण आफ्ना भावना र विचारहरू लेख्ने बानी लगाउनु पर्छ

५. व्यायाम गर्ने
व्यायामले मस्तिष्कमा सेरोटोनिनको उत्पादन बढाएर र तनाव हार्मोन कोर्टिसोलको स्तर घटाएर निद्राको अवधि र गुणस्तर बढाउन सक्छ। जसले तपाईँलाई निदाउन मद्दत हुन सक्छ।

६.आरामदायी सङ्गीत सुन्नुहोस्
सङ्गीतले निद्राको गुणस्तरमा उल्लेखनीय सुधार गर्न सक्छ। निद्रा नलागेको समयमा आफूलाई मन पर्ने गीतहरू सुन्दा मन आनन्दित हुन्छ र निदाउन सहज हुन्छ।

७.सबै बत्ती र फोनहरू बन्द गर्नुस्
कसै कसैलाई बत्ती बालेर निदाउने बानी हुन्छ भने कसै कसैलाई बत्ती निभाएर निदाउने बानी हुन्छ।
टिभी हेर्ने, गेम खेल्ने, फोन चलाउने बानीले सुत्न निकै गाह्रो बनाउन सक्छ। निदाउन प्रयास गर्दा गर्दै यस्ता सबै चिजहरू बन्द गर्नुपर्छ।

८.आफूलाई खुसी बनाउने चीजहरू कल्पना गर्नुहोस्
आफूलाई खुसी पार्ने चिजहरू, आफूले बिताएको रमाइलो समय याद गर्नाले पनि निदाउन सहज हुन सक्छ।

९.सजिलो हुने गरी सुत्नुस्

कसै कसैलाई बाक्लो चिजमा सुत्ने बानी हुन्छ भने कसैलाई पातलो चिजमा भए पनि निद्रा लाग्छ। आफूलाई सहज हुने गरी सुत्दा निदाउन सकिन्छ।

१०.जागा रहन प्रयास गर्नुहोस्
निदाउन नसक्दा जागा रहने प्रयास गरेर निद लाग्छ? भनेर अचम्म लाग्न सक्छ। तर तपाई निदाउँछु नै भनेर निदाउन खोज्नु भयो भने निद्रा नलाग्न पनि सक्छ। आफैंलाई निदाउन बाध्य पारेर उत्पन्न गरिएको तनाव र चिन्ताले तपाईँलाई निदाउनबाट रोक्न सक्छ। तर जागा रहने प्रयास गर्नु भो भने निद्रा लाग्ने सम्भावना बढी हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । शरीरलाई फिट राख्नको लागि खाना खान जरुरी हुन्छ । यसले हाम्रो शरीरमा पोषकतत्व प्राप्त हुन्छ । यसमा भिटामिन, मिनरल र एन्जाइम पाइन्छ । जुन स्वास्थ्यको लागि धेरै फाइदाजनक छ । फलफूल स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । शरीरलाई रोगबाट बचाउने पोषकतत्वहरु फलबाट नै पाइन्छ । यसले पाचनसँग सम्बन्धित समस्याहरु कम गर्छ । धेरै […]

काठमाडौं । प्राकृतिक पेयहरूमध्ये नरिवल पानीलाई सबैभन्दा उत्तम मानिन्छ, किनकि यसले शरीरलाई तुरुन्तै ताजा बनाउनुका साथै धेरै आवश्यक पोषक तत्त्वहरू पनि प्रदान गर्दछ। गर्मीका दिनहरूमा पसिनाको माध्यमबाट शरीरबाट पानी र आवश्यक खनिजहरू निरन्तर बाहिर निस्कने गर्दछन्, जसले गर्दा डिहाइड्रेशन (पानीको कमी) को जोखिम बढ्छ। यस्तो बेला नरिवल पानीले प्राकृतिक ड्रिंकको रूपमा काम गर्छ र शरीरलाई […]

बाँके । औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि पसललाई निलम्बन गरेको छ। निलम्बनमा परेकामध्ये ११ औषधि पसल बाँकेका र पाँच औषधि पसल कैलालीका रहेका छन्। औषधि व्यवस्था विभाग, नेपालगन्जका सूचना अधिकारी दीपा पौडेलका अनुसार आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्मको अवधिमा ती पसललाई निलम्बन गरेर कारबाही गरिएको हो । अनुगमनका क्रममा व्यवसायी […]

error: Content is protected !!