२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यो बर्ष पनि लगाएनन् दशैंको टिका

Logo
प्रकाशित बुधबार, आश्विन १९, २०७९

 

(ABC-Sanchar)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष पनि दशैंको टीका लगाएनन्।

उनले छोरी, बुहारी, नाति–नातिनीलाई दशैंको टीका लगाए पनि आफूले भने लगाएनन्। विगतका वर्षहरुमा पनि प्रचण्डले परिवारका सदस्यलाई टीका लगाइदिने गरेका थिए। उनले आफूले भने टीका लगाउने गरेका थिएनन्।

सशस्त्र युद्धका समयमा प्रचण्डको परिवारका कुनै पनि सदस्यले टिका लगाउने गरेका थिएनन्। प्रचण्ड भने अहिले पनि आफूलाई कम्युनिष्ट क्रान्तिकारी भन्दै बुर्जुवा संस्कृति नमान्ने हुनाले टिका लगाउन मान्दैनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!