०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

फ्लोरिडामा १०२ जनाकाे मृत्यु

Logo
प्रकाशित बुधबार, आश्विन २६, २०७९

फ्लोरिडा । अमेरिकाको फ्लोरिडामा इयान आँधीका कारण १०२ जनाको मृत्यु भएको छ । फ्लोरिडा मेडिकल परीक्षक आयोगले राज्यव्यापी आँधीका कारण उनीहरूको मृत्यु भएको हो । आँधीबाट राज्यको दक्षिणपश्चिम सबैभन्दा बढी प्रभावित छ ।

इयान संयुक्त राज्य अमेरिकामा अहिलेसम्म आएको सबैभन्दा शक्तिशाली आँधी हो । यो सेप्टेम्बर २६ मा एक शक्तिशाली श्रेणी ४ तुफानको रूप तटीय क्षेत्रमा प्रहार गरेको थियो । आँधीका कारण यस राज्यले यसअघि कहिल्यै नदेखेको ठूलो विनाशको साक्षी बनेको छ ।

उत्तरी क्यारोलिनामा अर्को पाँच जनाको मृत्यु भएको राज्यका गभर्नरले रिपोर्ट गरेका थिए । ल्यान्डफल गरेपछि आँधी फ्लोरिडा र एट्लान्टिक महासागरमा पुगेको थियो । आँधीले फ्लोरिडामा ठूलो भौतिक क्षति गरेको छ । अधिकारीहरूले अनुमान गरेका छन् कि विनाशकारी तटीय क्षेत्रहरूको पुनर्निर्माण गर्न लगभग ५० अर्ब डलर खर्च हुनेछ । पुननिर्माणका लागि महिनौं लाग्ने अपेक्षा गरिएको छ ।गत साता अमेरिकी राष्ट्रपति जो बाइडेनले इयान तुफानबाट भएको विनाशको आँकलन गर्न फ्लोरिडाका गभर्नर रोन डेसेन्टिससँग भेट गरेका थिए । सन् २००५ मा क्याट्रिना तूफानले अमेरिकाको खाडी तटमा विनाश ल्याएको थियो । आँधीका कारण करिब १४ सय मानिसहरूको मृत्यु हुनुका साथै अर्बौं डलरको क्षति भएको थियो । त्यस्तै सन् २०१२ मा आएको आँधीमा २३३ जनाको मृत्यु भएको थियो ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विश्वकै ठुलो प्राकृतिक ग्यास क्षेत्र मानिने आफ्नो साउथ पार्स ग्यास फिल्डमा बुधबार इजरायलले हमला गरेपछि इरानले अमेरिकासँग सम्बन्धित तेल र ग्यास रिफाइनरीलाई लक्ष्य गरी मध्यपूर्वका देशहरूमा रातभर आक्रमण गरेको छ। साउदी अरेबियाले बुधबार रातभर इरानले आक्रमण गरेको बताएको छ। साउदी रक्षा मन्त्रालयले राजधानी रियाद र देशका पूर्वी क्षेत्रमा १७ ड्रोन र दुई ब्यालिस्टिक मिसाइल खसालेको बताएको […]

इराक । सुरक्षा संयन्त्रले दिएको जानकारी अनुसार यो आक्रमण पछिल्ला केही दिनयताको सबैभन्दा भिषण हो। आक्रमणको लगभग ६ घण्टा पहिले अमेरिकाले इराकमा रहेका सबै अमेरिकी नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको थियो। गत हप्ता पनि बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको थियो। यस्तै, इरानले इजरायलमा पनि कयौँ रकेट खसालेको छ। आक्रमण बढीपछि खाडी राष्ट्र युएईले आफ्नो […]

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावपछि सरकारले ती देशमा वैदेशिक रोजगारी अर्थात् श्रम स्वीकृति (पुनः श्रम स्वीकृति समेत) बन्द गरेको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण सरकारले खाडी तथा इजरायल, टर्की लगायतका ११ देशमा श्रम स्वीकृति स्थगन गरेको हो । तर फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको […]

error: Content is protected !!