२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

त्रिवेणी उद्योगका प्रमुखसहित कर्मचारीको उद्धार

Logo
प्रकाशित बिहिबार, कार्तिक ०३, २०७९

पथलैया–वीरगञ्ज औद्योगिक करिडोरको छातापिपरास्थित त्रिवेणी स्पेनिङ मिल्स प्रालिका प्रमुखसहित व्यवस्थापकलाई प्रहरीले उद्धार गरेको छ । उद्योगमा कार्यरत मजदुरहरुले चाडपर्वमा बोनस नदिएको भन्दै  उद्योगका प्रमुख अशोक शर्मा, महाप्रबन्धक सतिष शर्मा, प्राविधिक शाखा प्रमुख एम के दास, उद्योग व्यवस्थापक प्रेमकुमार सिंह, प्रशासकीय अधिकृत राजेश श्रेष्ठसहित ८ जना कर्मचारीलाई थुनेका थिए ।बुधवार दिउँसो १ बजे मजदुर र उद्योग प्रशासनबीच भएको वार्तामा सहमति नभएपछि साँझ ५ बजेदेखि आज (बिहीबार) दिउँसो ३ बजेसम्म उद्योगमै बन्धक बनाएर राखेको उद्योग व्यवस्थापक प्रेमकुमार सिंहले जनाएका छन् । बन्धक बनाइएका सबैलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेर ईलाका प्रहरी कार्यालय सिमरामा लगेर राखेको सिंहले जनाए । ‘उहाँहरुको माग चाडपर्वको बेला बोनस चाहियो भन्ने थियो, हामीले श्रम ऐन र बोनस ऐन अनुसार नै बोनस बाँड्छौं भनेका थियौं, तर वार्ता नमिलेपछि एक्कासी हामीलाई बुधबार साँझ ५ बजेदेखि आज दिउँसो ३ बजेसम्म कोठाभित्रै थुनेर राख्नुभयो,’ सिंहले भने त्रिवेणी स्पेनिङ मिल्स प्रालि जीतपुरसिमरा उपमहानगर–९ छातापिपरामा पर्दछ । सो उद्योग बारा–पर्सा औद्योगिक करिडोरमध्येकै सबैभन्दा धेरै मजदुर कार्यरत छन् । प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले उद्योग प्रमुख, व्यवस्थापक र कर्मचारीलाई उद्धारको क्रममा अश्रुग्याँस समेत प्रयोग गर्नुपरेको बताए । ‘दोहोरो झडपको अवस्था सिर्जना भएपछि हामीले उद्धारको क्रममा अश्रुग्याँस प्रहार गरेका हौं,’ उनले भने ।दोहोरो झडपको क्रममा ११ जना प्रहरी र केही मजदुरसमेत घाइते भएको प्रहरीले जनाएको छ ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]