२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०४, २०७९

बर्दिया । राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । बिहान सात बजेदेखि नै सेवाग्राही जिल्ला प्रशासन कार्यलयको गेटमा सेवा लिन पुगिसकेका हुन्छन् ।

प्रशासनमा सेवाग्राहीको चाप बढेको भदौ मसान्तसम्म एक लाख ९८ हजार तीन सय ५२ जनाले परिचयपत्र पाइसकेको सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेले जानकारी दिए ।

एक दिनमा एक सय ५० भन्दा बढीको परिचयपत्र बनाइदिने हो भने भिडभाड कम हुने र सेवाग्राहीलाई पनि सुविधा मिल्ने मधुवन नगरपालिकाका सुमन थारुले बताए ।

एक दिनमा एक सयको कोटा भए पनि सेवाग्राहीको चाप अत्यधिक हुने भएकाले एक सय २० जनासम्मको विवरण लिने गरेको बताउँदै अझै सेवा बिस्तार गर्ने सेवा लिन आएकालाई सकेसम्म सेवा दिनेसहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

कसगरको पुख्र्यौंली व्यवसायमा कमी
चाडपर्व तथा समाजिक संस्कारका बेला प्रयोग हुने विद्युतीय झिलमिलीले कसगर जातिको पुख्र्यौंली व्यवसायमा कमी आउन थालेको छ । वर्षोंदेखि माटोका सामाग्री निर्माण गरी बिक्रीबाट जीवन धान्दै आएको कसगरको कुमाले पेशा आधुनिक समयमा आएको विभिन्न किसिमका झिलीमिलीको बढ्दो प्रयोगले माटोका समाग्रीको बिक्रीमा कमि आएको हो ।

खासगरी दिपावली, छठ तथा विभिन्न चाडपर्वका बेला घरलाई उज्यालो बनाउन माटोकै विभिन्न सामग्री दियो, पालो, गाग्रोको प्रयोग गर्ने संस्कार बस्दै आएको तर पछिल्लो समय रेडिमेड बत्ती तथा प्लास्टिक, स्टिलका भाँडाकुँडाको बढ्दो आकर्षण तथा प्रयोगले व्यवसायमा निकै कमी आएको गुलरिया नगरपालिकाका जाकिर कसगरले बताए ।

गुलरिया नगरपालिका– ८ स्थित बस्दै आएका कसगर वर्षौंदेखिको पु¥ख्र्यौंली पेशा युवालेसमेत अँगाल्दै आएका छन् । विगतमा नदी क्षेत्रबाट माटो सित्तैमा ल्याउने गरेका तर अहिले गुलरिया, मधुवन, बढैयताल गाउँपालिकालगायत स्थानबाट माटो खरिद गर्दै आएको जाकिरले गुनासो गरे ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!