२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

भीरबाट धकेलेको आरोपमा ७४ वर्षीय दाइ पक्राउ

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०४, २०७९

भीरबाट लडेर मृत्यु भएको भनिएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१ साम्नेगाउँका ७० वर्षीय वीरबहादुर गमालको हत्या भएको रहस्य खुलेको छ।

गमालको गत बुधबार साँझ भीरबाट लडेर मृत्यु भएको भनिए पनि उनी आफैं लडेको नभई उनकै दाजु ७४ वर्षीय हिमबहादुर गमालले धकेलेर हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सन्धिखर्कका अनुसार मृतक वीरबहादुर र उनका दाइ हिमबहादुर गत बुधबार सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता बापतको रकम लिन बैंकमा सँगै गएका थिए।

भूमिकास्थान नगरपालिका वडा नं ४ धारापानीमा रहेको शाइन रेसुङ्गा बैंकबाट सामाजिक सुरक्षा भत्ता बापतको रकम बुझेर सँगै घर फर्किंदै गर्दा उनीहरूका बीचमा बाटोमै लेनदेनको विषयमा सामान्य विवाद भएको थियो।

विवाद बढ्दै जाँदा एकअर्कालाई धकेलाधकेल गर्दा हिम बहादुरले वीरबहादुरलाई खलाधार भीरबाट धकेलिदिएपछि उनको मृत्यु भएको थियो।

उक्त घटनाबारे सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले अनुसन्धान गर्दै जाँदा वीरबहादुरको भीरबाट आफैं लडेर मृत्यु भएको नभई उनकै दाजु हिमबहादुरले धकेलेर मृत्यु भएको पुष्टि गरेको हो।

जिल्ला प्रहरी कार्यालय सन्धिखर्कका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले उक्त घटनाको प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न हिम बहादुरलाई पक्राउ गरी थप अनुसन्धान सुरू गरेको जानकारी दिए।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!