२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता

Logo
प्रकाशित शनिबार, कार्तिक ०५, २०७९

दाङको बबई नदीमा नुहाउने क्रममा शनिबार दिउँसो दुई बालिका बेपत्ता भएका छन्।

जिल्लाको दंगीशरण गाउँपालिका वडा नं. २ की १३-१४ बर्षीया रमा शाह र सल्यान दामाचौर – १ की १५ वर्षीया गोमा चन्द बगेर बेपत्ता भएका हुन्।

चन्द आफन्तको घरमा पाहुना आएकी थिइन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार दिउँसो १ बजेतिर नुहाउन भनेर गएका तीन मध्ये दुई जना बगेका हुन्।साभार

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा र दंगीशरण – २ गोलटाकुरीमा पर्ने सिमलकुना घाट नजिकै नुहाउन गएका उनीहरू शनिबार दिउँसो बगेर बेपत्ता भएका हुन्। बेपत्ता भएको खबर पाए लगतै नेपाल प्रहरी, सशस्त्र प्रहरी खोजी कार्यमा खटिएको डिएसपी मल्लले जानकारी दिए।

स्थानीय पौडीबाज लगायत सर्वसाधारण मानिस बेपत्ताको  खोजीमा खटिए पनि हालसम्म फेला पार्न नसकिएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

केही दिन पहिले मात्रै एक जना ब्यक्तिको सितलपुर पुलभन्दा केही माथिबाट नदी तर्ने क्रममा बगेर मृत्यु भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!