२९ बैशाख २०८१, शनिबार
11-05-2024 , Sat
×

नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता

Logo
प्रकाशित शनिबार, कार्तिक ०५, २०७९

दाङको बबई नदीमा नुहाउने क्रममा शनिबार दिउँसो दुई बालिका बेपत्ता भएका छन्।

जिल्लाको दंगीशरण गाउँपालिका वडा नं. २ की १३-१४ बर्षीया रमा शाह र सल्यान दामाचौर – १ की १५ वर्षीया गोमा चन्द बगेर बेपत्ता भएका हुन्।

चन्द आफन्तको घरमा पाहुना आएकी थिइन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार दिउँसो १ बजेतिर नुहाउन भनेर गएका तीन मध्ये दुई जना बगेका हुन्।साभार

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा र दंगीशरण – २ गोलटाकुरीमा पर्ने सिमलकुना घाट नजिकै नुहाउन गएका उनीहरू शनिबार दिउँसो बगेर बेपत्ता भएका हुन्। बेपत्ता भएको खबर पाए लगतै नेपाल प्रहरी, सशस्त्र प्रहरी खोजी कार्यमा खटिएको डिएसपी मल्लले जानकारी दिए।

स्थानीय पौडीबाज लगायत सर्वसाधारण मानिस बेपत्ताको  खोजीमा खटिए पनि हालसम्म फेला पार्न नसकिएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

केही दिन पहिले मात्रै एक जना ब्यक्तिको सितलपुर पुलभन्दा केही माथिबाट नदी तर्ने क्रममा बगेर मृत्यु भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]