२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

बहालवाला मन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै भारतीय गाडीको लस्करसहित चुनावी प्रचार

Logo
प्रकाशित आइतबार, कार्तिक ०६, २०७९

लुम्बिनी प्रदेश सरकारका बहालवाला मन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै भारतीय गाडीको लस्करसहित चुनावी प्रचार गरेका छन्।

लुम्बिनी प्रदेशका भौतिक योजना मन्त्री सहसराम यादवले निर्वाचन प्रचारका निम्ति भारतीय गाडी प्रयोग गरेका हुन्। आगामी मंसिर ४ मा हुने निर्वाचनमा यादव कपिलवस्तु क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार छन्।

यसअघिको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भई प्रदेश सभा सदस्य बनेका यादव उम्मेदवारी दर्ताको अन्तिम समयमा नेपाली कांग्रेस प्रवेश गरेका थिए। जसपाबाट उम्मेदवारी मनोनयनका लागि निर्वाचन कार्यालय हिँडेका यादवले निर्वाचन कार्यालय पुगेपछि नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गरेका थिए।

यादव अहिले युपी ५५ एके ५५१३ नम्बर सहितका भारतीय गाडीहरू प्रयोग गर्दै चुनावी प्रचारमा लागेका हुन्। सरकारका मन्त्रीले नै निर्वाचन आचारसंहिता विपरीत भारतीय गाडी प्रयोग गर्दै आए पनि निर्वाचन आयोगले भने कसैको उजुरी नपरेको बताएको छ।

निर्वाचन आयोगका अनुसार भारतीय सवारी साधन प्रयोग गर्नु आचारसंहिता विपरीत हो।

शनिबार कपिलवस्तुको पकडीमा आयोजित प्रचार कार्यालयको उद्घाटन कार्यक्रममा मन्त्री यादव भारतीय गाडीसहित पुगेको स्थानीयले जानकारी दिएका छन्।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!