२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

सशस्त्र प्रहरी आईजिपी राजु अर्यालबाट एआईजीको दर्ज्यानी चिन्ह प्रदानः

Logo
प्रकाशित आइतबार, कार्तिक ०६, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालयमा कार्तिक २ गते आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएका बंशीराज दाहाललाई दर्ज्यानी
चिन्ह प्रदान गर्नुभएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को असोज २८ गतेको निर्णयले उहाँ सशस्त्र
प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा
पदोन्नती हुनुभएको हो ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले कुनै पनि संगठनमा
सेवारत रहँदा पदोन्नती महत्वपूर्ण रहने बताउनुहुँदै बढुवासँगै थप भएको
पदीय दायित्व पूर्ण व्यवसायीक र जिम्मेवारीका साथ निर्वाह गर्न निर्देशन
दिनुभयो ।

उहाँले सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई इमान्दार,
कर्तव्यनिष्ठ भई देश र आम नागरिकको सेवा र सुरक्षामा क्रियाशिल रहनुका
साथै नेपाल सरकारले सशस्त्र प्रहरी बल, नेपाललाई सीमा सुरक्षामा
डेडिकेटेड फोर्सको रुपमा परिचालन गर्ने नीति अनुरुप देशको सीमानाको
रेखदेख, सीमा अपराध नियन्त्रण अवैध चोरीपैठारी तथा राजश्व चुहावट
नियन्त्रणमा आवश्यक योजनासहित उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न समेत
निर्देशन दिनुभयो ।

आगामी मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा
सशस्त्र प्रहरी बल नेपालको भूमिका र कर्तव्य उल्लेखनीय रहने चर्चा
गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले–भन्नुभयो ‘संगठनले के
दिन्छ भन्दा पनि संगठनलाई के दिन सक्छु भन्ने भावना लिएर अगाडी बढ्न
सकियो भने कार्यक्षेत्रमा सदैव सफलता मिल्ने छ ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती
अनिता लामिछाने अर्याल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत,
अधिकृत र बिल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!