२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सशस्त्र प्रहरी आईजिपी राजु अर्यालबाट एआईजीको दर्ज्यानी चिन्ह प्रदानः

Logo
प्रकाशित आइतबार, कार्तिक ०६, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालयमा कार्तिक २ गते आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएका बंशीराज दाहाललाई दर्ज्यानी
चिन्ह प्रदान गर्नुभएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को असोज २८ गतेको निर्णयले उहाँ सशस्त्र
प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा
पदोन्नती हुनुभएको हो ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले कुनै पनि संगठनमा
सेवारत रहँदा पदोन्नती महत्वपूर्ण रहने बताउनुहुँदै बढुवासँगै थप भएको
पदीय दायित्व पूर्ण व्यवसायीक र जिम्मेवारीका साथ निर्वाह गर्न निर्देशन
दिनुभयो ।

उहाँले सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई इमान्दार,
कर्तव्यनिष्ठ भई देश र आम नागरिकको सेवा र सुरक्षामा क्रियाशिल रहनुका
साथै नेपाल सरकारले सशस्त्र प्रहरी बल, नेपाललाई सीमा सुरक्षामा
डेडिकेटेड फोर्सको रुपमा परिचालन गर्ने नीति अनुरुप देशको सीमानाको
रेखदेख, सीमा अपराध नियन्त्रण अवैध चोरीपैठारी तथा राजश्व चुहावट
नियन्त्रणमा आवश्यक योजनासहित उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न समेत
निर्देशन दिनुभयो ।

आगामी मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा
सशस्त्र प्रहरी बल नेपालको भूमिका र कर्तव्य उल्लेखनीय रहने चर्चा
गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले–भन्नुभयो ‘संगठनले के
दिन्छ भन्दा पनि संगठनलाई के दिन सक्छु भन्ने भावना लिएर अगाडी बढ्न
सकियो भने कार्यक्षेत्रमा सदैव सफलता मिल्ने छ ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती
अनिता लामिछाने अर्याल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत,
अधिकृत र बिल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!