३० साउन २०८२, शुक्रबार
15-08-2025 , Fri
×

चुनावको मुखमा नेपाल प्रहरीको नियमावली संशोधनको प्रस्ताव

Logo
प्रकाशित आइतबार, कार्तिक ०६, २०७९

चुनावको मुखमा नेपाल प्रहरीको नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । अवकाश पाउन लागेका केही उच्च प्रहरी अधिकारीको जागिर लम्ब्याउन नियमावली संशोधन गर्न लागिएको छ ।अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले गत बिहीबारको मन्त्रिपरिषद् बैठकमा एआइजीको अनिवार्य अवकाशको उमेर ५६ बाट ५८ वर्ष बनाउने प्रस्ताव लगेका हुन् । नेपाल प्रहरीका एआइजीद्वय अरुण बिसी र रवीन्द्रबहादुर धानकुले यही महिना ५६ वर्षे उमेरहदका कारण अवकाश पाउँदै छन् । उनीहरूकै लागि नियमावली संशोधन गर्न लागिएको स्रोत बताउँछ । बिसीले १५ कात्तिक तथा धानुकले २५ कात्तिकमा अवकाश पाउन लागेका छन् । अर्थमन्त्री शर्मा र एआइजी धानुकबीचको निकस्थ सम्बन्ध भएकाले उनकै लागि नियमावली संशोधन गर्न लागिएको स्रोत बताउँछ । शर्माकै जोडबलमा धानुक सिनियरलाई पछि पारी एआइजी बनेका हुन् ।नेपाल प्रहरीमा आइजिपीको अवकाशको उमेर ५८, एआइजी र डिआइजीको ५६, एसएसपी र एससपीको ५५, डिएसपीको ५४ र इन्स्पेक्टरको ५३ वर्ष राखिएको छ । त्यसलाई संशोधन गर्न लागिएको छ । नियमावली संशोधनका लागि निर्वाचन आयोगसँग सहमति माग्न लागिएको स्रोत बताउँछ । यसरी केही व्यक्तिका लागि चुनावको मुखमा नियमावली संशोधन गर्न लागिएकोमा प्रहरीभित्रै असन्तुष्टि छ । सामान्यतया प्रहरी नियमावली संशोधनको प्रस्ताव गृह मन्त्रालयबाट अघि बढ्नेमा अर्थ मन्त्रालयले यस्तो प्रस्ताव मन्त्रिपरिषद्मा लगेको हो । यस्तो विवादास्पद प्रस्तावमा सहमति दिन नहुने कुरा निर्वाचन आयोगमा उठेको छ । गृहमन्त्रीलाई बाइपास गरी अर्थमन्त्रीले यस्तो प्रस्ताव लगेका हुन् ।साथै प्रहरीमा ३० वर्षे सेवाहद हटाउने विषयमा समेत छलफल भइरहेको स्रोत बताउँछ । तर यो विषयमा भने निर्वाचनपछि मात्र छलफल हुने भएको छ ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

प्रहरी प्रधान कार्यालयले कैलालीका एसपी बालनरसिंह राणालाई केन्द्रमा तान्ने तयारी काठमाडौं । बुधबार साउन २८ गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई केन्द्रमा तानेको थियो । लगत्तै प्रहरी प्रधान कार्यालयले पनि एसपी राणालाई केन्द्र बोलाउने तयारी गरेको हो । गृहको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले एसपी राणालाई तान्न लागेको जनाइएको छ । गएको शुक्रबार (साउन […]

दाङ । नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशन बाट प्रदेश उपाध्यक्ष पदमा मलाई सर्वसहमत निर्वाचित गराउनको लागि पहल गर्नुहुने नेपाली कांग्रेस का मेरा अभिभावक नेतागणहरू नेपाल किसान महासंघका सम्पूर्ण निकायका कार्यसमितिका साथिहरू नेपाली कांग्रेस केन्द्र देखी इकाई कमिटी सम्मका मेरा अग्रज एवं साथीहरू नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका प्रतिनिधि साथीहरू र मलाई विभिन्न […]

मेष – गृहकार्य तथा पारिवारिक दायित्व पूरा गर्न संयमता आवश्यक छ। असावधानीले क्षति गराउन सक्छ । वृष – स्वास्थ्य अनुकूल रहनेछ। अप्रत्याशित लाभका सम्भावना छन्, जसले आर्थिक पक्ष सुदृढ पार्नेछ। मिथुन – साहित्य, कला वा सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ। पुराना मित्रसँग स्नेहिल भेटघाट हुनसक्छ। कर्कट – मन प्रशन्न रहनेछ, जीवनका सुखद क्षणहरूको अनुभव गर्न पाउनुहुनेछ। […]

error: Content is protected !!