२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

चुनावको मुखमा नेपाल प्रहरीको नियमावली संशोधनको प्रस्ताव

Logo
प्रकाशित आइतबार, कार्तिक ०६, २०७९

चुनावको मुखमा नेपाल प्रहरीको नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । अवकाश पाउन लागेका केही उच्च प्रहरी अधिकारीको जागिर लम्ब्याउन नियमावली संशोधन गर्न लागिएको छ ।अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले गत बिहीबारको मन्त्रिपरिषद् बैठकमा एआइजीको अनिवार्य अवकाशको उमेर ५६ बाट ५८ वर्ष बनाउने प्रस्ताव लगेका हुन् । नेपाल प्रहरीका एआइजीद्वय अरुण बिसी र रवीन्द्रबहादुर धानकुले यही महिना ५६ वर्षे उमेरहदका कारण अवकाश पाउँदै छन् । उनीहरूकै लागि नियमावली संशोधन गर्न लागिएको स्रोत बताउँछ । बिसीले १५ कात्तिक तथा धानुकले २५ कात्तिकमा अवकाश पाउन लागेका छन् । अर्थमन्त्री शर्मा र एआइजी धानुकबीचको निकस्थ सम्बन्ध भएकाले उनकै लागि नियमावली संशोधन गर्न लागिएको स्रोत बताउँछ । शर्माकै जोडबलमा धानुक सिनियरलाई पछि पारी एआइजी बनेका हुन् ।नेपाल प्रहरीमा आइजिपीको अवकाशको उमेर ५८, एआइजी र डिआइजीको ५६, एसएसपी र एससपीको ५५, डिएसपीको ५४ र इन्स्पेक्टरको ५३ वर्ष राखिएको छ । त्यसलाई संशोधन गर्न लागिएको छ । नियमावली संशोधनका लागि निर्वाचन आयोगसँग सहमति माग्न लागिएको स्रोत बताउँछ । यसरी केही व्यक्तिका लागि चुनावको मुखमा नियमावली संशोधन गर्न लागिएकोमा प्रहरीभित्रै असन्तुष्टि छ । सामान्यतया प्रहरी नियमावली संशोधनको प्रस्ताव गृह मन्त्रालयबाट अघि बढ्नेमा अर्थ मन्त्रालयले यस्तो प्रस्ताव मन्त्रिपरिषद्मा लगेको हो । यस्तो विवादास्पद प्रस्तावमा सहमति दिन नहुने कुरा निर्वाचन आयोगमा उठेको छ । गृहमन्त्रीलाई बाइपास गरी अर्थमन्त्रीले यस्तो प्रस्ताव लगेका हुन् ।साथै प्रहरीमा ३० वर्षे सेवाहद हटाउने विषयमा समेत छलफल भइरहेको स्रोत बताउँछ । तर यो विषयमा भने निर्वाचनपछि मात्र छलफल हुने भएको छ ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!