२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

बन्धक बनाएको आरोपमा ग्वाटेमालाका वृद्ध पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक ०६, २०७९

  • बोलिभियाकी एक युवतीलाई नेपाल ल्याएर बन्धक बनाएको आरोपमा ग्वाटेमालाका एक वृद्ध पुरुष पक्राउ परेका छन्।

बोलिभियन युवती २३ वर्षीया क्राओलिना जुलिया बस्टिलो अल्माल्जालाई नेपाल ल्याई शारीरिक यातना दिँदै बन्धक बनाएर राखेको आरोपमा प्रहरीले ग्वाटेमालाका ७३ वर्षीय वृद्ध पुरुष ग्यारी ली मुन्रो बार्नीलाई शनिबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार बार्नीले अल्माल्जालाई काठमाडौंको माछापोखरीस्थित आफू बस्ने कोठामा बन्धक बनाएर राखेका थिए।

काठमाडौं महानगरपालिका–१६ बालाजु गंगाहल पछाडि बार्नीले अल्माल्जालाई बन्धक बनाएर राखेको भन्दै पीडित युवतीको उद्धारका लागि भारतस्थित गणतन्त्र पेरुको दूतावासले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई पत्र लेखेको थियो।

प्रहरीलाई उक्त पत्र प्राप्त भएपछि पीडित युवतीको खोजतलास गर्ने क्रममा माछापोखरीस्थित बार्नीको कोठामा फेला पारेर उद्धार गरिएको काठमाडौं प्रहरीले जनाएको छ।

बार्नीलाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!