३० बैशाख २०८१, आइतबार
12-05-2024 , Sun
×

बन्धक बनाएको आरोपमा ग्वाटेमालाका वृद्ध पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक ०६, २०७९

  • बोलिभियाकी एक युवतीलाई नेपाल ल्याएर बन्धक बनाएको आरोपमा ग्वाटेमालाका एक वृद्ध पुरुष पक्राउ परेका छन्।

बोलिभियन युवती २३ वर्षीया क्राओलिना जुलिया बस्टिलो अल्माल्जालाई नेपाल ल्याई शारीरिक यातना दिँदै बन्धक बनाएर राखेको आरोपमा प्रहरीले ग्वाटेमालाका ७३ वर्षीय वृद्ध पुरुष ग्यारी ली मुन्रो बार्नीलाई शनिबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार बार्नीले अल्माल्जालाई काठमाडौंको माछापोखरीस्थित आफू बस्ने कोठामा बन्धक बनाएर राखेका थिए।

काठमाडौं महानगरपालिका–१६ बालाजु गंगाहल पछाडि बार्नीले अल्माल्जालाई बन्धक बनाएर राखेको भन्दै पीडित युवतीको उद्धारका लागि भारतस्थित गणतन्त्र पेरुको दूतावासले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई पत्र लेखेको थियो।

प्रहरीलाई उक्त पत्र प्राप्त भएपछि पीडित युवतीको खोजतलास गर्ने क्रममा माछापोखरीस्थित बार्नीको कोठामा फेला पारेर उद्धार गरिएको काठमाडौं प्रहरीले जनाएको छ।

बार्नीलाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]