३० बैशाख २०८१, आइतबार
12-05-2024 , Sun
×

तनहुँका इन्स्पेक्टर रमेश बिष्ट असोज महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषित

Logo
प्रकाशित सोमबार, कार्तिक ०७, २०७९


ABC (क्राईमबिट)
तनहुँ । ईलाका प्रहरी कार्यालय भानु तनहुँका प्रहरी निरीक्षक रमेश बिष्ट असोज महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषित भएका छन् । बिभागिय निर्देशनको पालना गरी व्यवसायिक, लगनशिल, कर्तव्यनिष्ठ र अनुशासित तवरले कर्तव्य पालनामा तल्लिन रही उच्च मनोबल र साहसका साथ काम गरेको भन्दै प्रहरी निरीक्षक बिष्टलाई पुरस्कृत गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले प्रहरी निरीक्षक बिष्टलाई प्रमाणपत्र प्रदान गरेर पुरस्कृत गरेका हुन् ।
यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय भानु तनहुँको कार्यालय प्रमुखको रुपमा रहेका प्रहरी निरीक्षक बिष्टले विसं ०७९ असोज ४ गते जबरजस्ती करणी गरी वारदात पश्चात फरार रहेका १८ बर्षीय सुदीप ठाडा मगरलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएका थिए ।

त्यसैगरी विसं ०७९ असोज ११ गते ५ तोला सुन चोरी गरी फरार रहेका ३२ बर्षीय समिर दासलाई पक्राउ गरेका थिए । त्यसैगरी विसं ०७९ असोज ११ गते अवैध ५३.८८ क्युफिट सालको गोलिया काठ पक्राउ तथा प्रहरी चौकी भन्सार तनहुँको जग्गा प्राप्ति लगायतका महत्वपूर्ण कार्य गर्न सफल भएका थिए ।
प्रहरी निरीक्षक बिष्टले आफ्नो जिम्मेवारी अत्यन्तै लगनशिल, कर्तव्यनिष्ठ एवं ईमान्दारीताका साथ सम्पादन गर्दै प्रहरी संगठनको छबीलाई उच्च प्रभावकारी भुमिका निर्वाह गरेको हुँदा २०७९ असोज महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषणा गरेको हो ।
निजबाट सम्पादित कार्यको उच्च मुल्याङ्कन गर्दै यसको निरन्तरता र भबिष्यमा अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहन गर्दै जाने योजना रहेको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेग्मीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]