२९ साउन २०८२, बिहिबार
14-08-2025 , Thu
×

निर्वाचनको मुखैमा प्रहरीमा एआईजीको उमेरहद बढाउन चलखेल सङ्गठनभित्र बिरोध

Logo
प्रकाशित शुक्रबार, कार्तिक ११, २०७९


ABC (क्राईमबिट)
काठमाडौँ । नेपाल प्रहरीमा एआईजीको उमेरहद बढाउन चलखेल भएको आशङ्का गरिएको छ । यसले प्रहरी सङ्गठनभित्र असन्तुष्टि बढाएको छ ।

गएको साता मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्री शर्माले एआईजीको उमेरहद ५८ वर्ष बनाउनुपर्ने बताएका थिए । उनले उमेरहदबारे कुरा उठाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले भने त्यसबारे कुनै प्रतिक्रिया नदिएको बताइएको छ ।

प्रहरीमा हाल ३० वर्षे सेवा अवधि कायम छ । सोअनुसार आइजिपीको उमेरहद ५८ वर्ष छ । एआईजी र डिआइजीको उमेरहद ५६ वर्ष छ । यस्तोमा ५७ वर्ष लाग्नेबित्तिकै एआईजी र डीआईजीले अनिवार्य अवकाश पाउँछन् ।

दुई एआईजी ५६ वर्षे उमेरहदका कारण यही कात्तिकभित्र अनिवार्य अवकाशमा जाँदै छन् । एआईजीद्वय अरुण बिसी कात्तिक १४ र रवीन्द्र धानुक २४ गते अनिवार्य अवकाशमा जानेछन् । उनीहरू अवकाशमा गए दुई डीआईजीले एआईजी बन्ने अवसर पाउनेछन् ।

उमेरहदबारे निर्णय गर्न नेपाल प्रहरीको ऐन संशोधन गर्नुपर्छ । जसका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ ।

प्रहरीमा लामो समयदेखि उमेरहद र सेवा अवधिको विवाद कायम छ । वर्षौँदेखि प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउनुपर्ने विषय उठाइँदै आएको छ । प्रहरीका सबैजसो अवकाशप्राप्त अधिकारीहरू ३० वर्षे सेवा अवधि हटाउनुपर्ने मत राख्छन् । तर, आफूअनुकूल नहुँदा भने त्यसबारे मौन नै रहन्छन् । ३० वर्षे सेवा अवधि नहटाइँदा प्रहरीको वृत्ति विकासमा ठुलो असर परेको बुझाइ सङ्गठनभित्रै छ ।

यसअघि, तत्कालीन गृहमन्त्री रामबहादुर गृहमन्त्री थापाको सक्रियतामा ३० वर्षे सेवा अवधि हटाउन पहल भएको थियो । त्यति बेला उमेरहद मात्र राखेर सेवा अवधि खुला गरी पठाउने तयारी भएको थियो । जसमा प्रहरी प्रमुखको सेवा अवधि ३० वर्ष बनाउने कि ३२ बनाउने भन्नेबारेमा चर्चा भएको थियो ।

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउनुपर्नेमा सबैजसो उच्च प्रहरी अधिकारीहरू एकमत छन् । तर, निश्चित समयावधि तोकेर तत्काल तल्लो ब्याचलाई प्रभाव नपर्ने गरी हटाइनुपर्ने माग उठाइने गरिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुबाङ नेपाल पत्रकार महाससंघ लुम्बिनी प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पार्थिवेन्द्र उपाध्यायले पत्रकार र सञ्चारमाध्यममाथि दिएको अमर्यादित र प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति तत्काल फिर्ता लिन जोडदार माग गरेको छ । महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले विज्ञप्ती जारी गरेर रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा आगामी कार्तिक १७ गते हुने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका १४, उधौपुरवामा ठूलो मात्रामा लागुऔषध, नगद रकम र सुन–चाँदीका गहना बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्जको संयुक्त टोलीले मंगलबार साँझ ८ बजे उक्त क्षेत्रमा बसोबास गर्ने २८ वर्षीय रमेश लोनियालाई घर नजिकै शंकास्पद अवस्थामा पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट १५ ग्राम […]

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

error: Content is protected !!