२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पत्रकार गुप्तामाथि सामुहिक कुटपिट एसपी अधिकारीद्वारा पक्राउ गर्न निर्देशन

Logo
प्रकाशित आइतबार, कार्तिक १३, २०७९


ABC (क्राईमबिट)

पत्रकार गुप्तामाथि सामुहिक कुटपिट गर्नेलाई एसपी अधिकारीद्वारा पक्राउ गर्न निर्देशन
ABC (क्राईमबिट)
बाँके । समाचारको विषयलाई लिएर नेपालगन्जमा पत्रकार माथि ज्यानमारा आक्रमण भएको छ । समाचार संकलनका क्रममा एक्सप्रेस सिटी मिडिया हाउस प्र. लि. द्वारा सञ्चालित एक्स्प्रेस सिटी न्यूज डटकमका प्रधानसम्पादक अमित गुप्ता माथि सामुहिक रुपमा भएको आक्रमण प्रति उक्त मिडियाले एक प्रेस विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

गत कार्तिक १० गते बिहान करिब ११ बजे बिहीबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ नन्दई गाँउ नजिकै तस्किरी भईरहेको आधिकारीक जानकारी हुदाँ सम्पादक गुप्ता सम्बन्धित क्षेत्रमा पुगेको बेला अकस्मात पछाडिबाट सामुहिक आक्रमण भएको मिडियाका निर्देशक रामदिन तेलीले जानकारी दिए ।

त्यस बेला उनी माथि करिब ६ जनाको समुहले ज्यान मर्ने गरि कुटपिट गरी घाइते बनाएका थिए । कुटपिट गर्दा सम्पादक गुप्ताद्धारा खिचिएका फोटाहरु डिलिट गरेर मोबाइल समेत फुटाई दिएका छन । गुप्ताको हात भाचिएको छ भने अन्य शरीरका विभिन्न अंगमा निलडाम बसेको छ ।

नाजुक अवस्थामा पुगेका गुप्तालाई उपचारका लागि भारतको बहराईच लगिएको थियो भने हाल उनी अहिले घरमै बेडरेस्टमा रहेका छन ।

नेपालको संविधानले दिएको अधिकार अनुसार सम्पादक गुप्ताले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा यस्तो जघन्य अपराधिक गतिविधिमा संलग्न आरोपीहरुलाई यथाशिघ्र कानुनी दायरामा ल्याई स्वतन्त्र पत्रकारिता प्रत्याभुति गराउन सम्बन्धि निकाय समक्ष मिडियाले माग गरेको छ ।

यस अघि पनि बाँकेका बिभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकार माथि समाचार कै बिषयमा आक्रमण भए पनि सम्बन्धित निकायले खासै चासो नदेखाएको मिडियाकर्मीहरुले गुनासो गर्दै आईरहेकै बेला यो घटना थपिएको छ ।

अहिले बाँकेमा स्वतन्त्र रुपमा पत्रकारिता गरिरहेका केही पत्रकारले स्वतन्त्र रुपमा समाचार संकलन गर्न नपाएको अनुभुति गरिरहेका छन ।

समाचारको बिषयमा केही गुनासो वा चित्त नबुझेमा प्रेस काउन्सिल,नेपाल पत्रकार महासंघमा गुनासो, निवेदन वा उजुरी दिन सक्ने राज्यले व्यवस्था गरेको छ ।

पिडित पक्ष अनुसार नेपाल पत्रकार महासंघ बाँके, नेपाल प्रहरी सशस्त्र प्रहरी लगायत सम्पूर्ण पत्रकार संगठनहरुको ध्यानाकर्षण गराइएको र घटना सम्बन्धि उजुरी दर्ता गराउने प्रक्रियामा रहेको गुप्ताले जनाएको छन ।

यता यसबारे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले पीडित पत्रकारले पहिलो प्राथमिकता उपचार पाउनु हो बाँके प्रहरीले अनुसन्धान गर्छ पीडित पक्ष सञ्चो भए पश्चात पहिचान गरेर कानुन हातमा लिनेे जो कोहीलाई पनि कानुन अनुसार कडाभन्दा कडा कार्वाही गरिने र नाम दिएको अनुसार फरार रहेका हरुलाई पक्राउ गर्न निर्देशन दिएको एसपी अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!