२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

पत्रकार गुप्तामाथि सामुहिक कुटपिट एसपी अधिकारीद्वारा पक्राउ गर्न निर्देशन

Logo
प्रकाशित आइतबार, कार्तिक १३, २०७९


ABC (क्राईमबिट)

पत्रकार गुप्तामाथि सामुहिक कुटपिट गर्नेलाई एसपी अधिकारीद्वारा पक्राउ गर्न निर्देशन
ABC (क्राईमबिट)
बाँके । समाचारको विषयलाई लिएर नेपालगन्जमा पत्रकार माथि ज्यानमारा आक्रमण भएको छ । समाचार संकलनका क्रममा एक्सप्रेस सिटी मिडिया हाउस प्र. लि. द्वारा सञ्चालित एक्स्प्रेस सिटी न्यूज डटकमका प्रधानसम्पादक अमित गुप्ता माथि सामुहिक रुपमा भएको आक्रमण प्रति उक्त मिडियाले एक प्रेस विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

गत कार्तिक १० गते बिहान करिब ११ बजे बिहीबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ नन्दई गाँउ नजिकै तस्किरी भईरहेको आधिकारीक जानकारी हुदाँ सम्पादक गुप्ता सम्बन्धित क्षेत्रमा पुगेको बेला अकस्मात पछाडिबाट सामुहिक आक्रमण भएको मिडियाका निर्देशक रामदिन तेलीले जानकारी दिए ।

त्यस बेला उनी माथि करिब ६ जनाको समुहले ज्यान मर्ने गरि कुटपिट गरी घाइते बनाएका थिए । कुटपिट गर्दा सम्पादक गुप्ताद्धारा खिचिएका फोटाहरु डिलिट गरेर मोबाइल समेत फुटाई दिएका छन । गुप्ताको हात भाचिएको छ भने अन्य शरीरका विभिन्न अंगमा निलडाम बसेको छ ।

नाजुक अवस्थामा पुगेका गुप्तालाई उपचारका लागि भारतको बहराईच लगिएको थियो भने हाल उनी अहिले घरमै बेडरेस्टमा रहेका छन ।

नेपालको संविधानले दिएको अधिकार अनुसार सम्पादक गुप्ताले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा यस्तो जघन्य अपराधिक गतिविधिमा संलग्न आरोपीहरुलाई यथाशिघ्र कानुनी दायरामा ल्याई स्वतन्त्र पत्रकारिता प्रत्याभुति गराउन सम्बन्धि निकाय समक्ष मिडियाले माग गरेको छ ।

यस अघि पनि बाँकेका बिभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकार माथि समाचार कै बिषयमा आक्रमण भए पनि सम्बन्धित निकायले खासै चासो नदेखाएको मिडियाकर्मीहरुले गुनासो गर्दै आईरहेकै बेला यो घटना थपिएको छ ।

अहिले बाँकेमा स्वतन्त्र रुपमा पत्रकारिता गरिरहेका केही पत्रकारले स्वतन्त्र रुपमा समाचार संकलन गर्न नपाएको अनुभुति गरिरहेका छन ।

समाचारको बिषयमा केही गुनासो वा चित्त नबुझेमा प्रेस काउन्सिल,नेपाल पत्रकार महासंघमा गुनासो, निवेदन वा उजुरी दिन सक्ने राज्यले व्यवस्था गरेको छ ।

पिडित पक्ष अनुसार नेपाल पत्रकार महासंघ बाँके, नेपाल प्रहरी सशस्त्र प्रहरी लगायत सम्पूर्ण पत्रकार संगठनहरुको ध्यानाकर्षण गराइएको र घटना सम्बन्धि उजुरी दर्ता गराउने प्रक्रियामा रहेको गुप्ताले जनाएको छन ।

यता यसबारे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले पीडित पत्रकारले पहिलो प्राथमिकता उपचार पाउनु हो बाँके प्रहरीले अनुसन्धान गर्छ पीडित पक्ष सञ्चो भए पश्चात पहिचान गरेर कानुन हातमा लिनेे जो कोहीलाई पनि कानुन अनुसार कडाभन्दा कडा कार्वाही गरिने र नाम दिएको अनुसार फरार रहेका हरुलाई पक्राउ गर्न निर्देशन दिएको एसपी अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!