२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

अचानक उडान रद्द भएर काठमाडौँमा रोकिएका यात्रुलाई लगियो भारतको नयाँ दिल्ली

Logo
प्रकाशित सोमबार, कार्तिक १४, २०७९


(ABC-Sanchar)
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार नेपाल वायुसेवा निगमको काठमाडौँ-दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै नेपालमै रोकिएका एक सय ५० जना यात्रुलाई नेपाल वायुसेवा निगमले आज अपराह्नको उडानमार्फत दिल्ली लगेको छ ।

नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबारको उडान रद्द हुँदा रोकिएका आफ्ना यात्रुलाई निगमकै जहाजले आज अपराह्न करिब ३ बजेको उडानमार्फत दिल्ली लगेको हो ।

उनका अनुसार दुई सय ४७ मध्ये बाँकी रहेका एक सय ५० जना यात्रुलाई निगमले आफ्नै उडान र अरू वायुसेवा कम्पनीसँगको सहकार्यमा दिल्ली लगेको हो ।

केही यात्रुलाई निगमले आइतबार नै अन्य वायुसेवा कम्पनीको सहयोगमा दिल्ली पठाइसकेको बताइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको काठमाडौँ-दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै आइतबार यात्रु अलपत्र परेका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज निगमको काठमाडौँ-दिल्ली दुईवटा उडानको तालिका रहेको थियो ।

नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन नगरेको भन्दै नेपाल वायुसेवा निगमको दिल्लीतर्फको एउटा उडान रद्द गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!