२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

डुबेर ललितपुरमा युवकको मृत्यु

Logo
प्रकाशित मंगलबार, कार्तिक १५, २०७९

ललितपुरमा खाल्टोमा डुबेर एक जना युवकको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२२ स्थित नख्खु खोलामा नुहाउने क्रममा खनेको खाल्टोमा डुबेर खोटाङ घर भई हाल ललितपुर महानगरपालिका-२७ सुनाकोठ्ठी बस्ने २१ वर्षीय देउचन्द्र राईको सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । उता रौतहटको गरुडा नगरपालिका–९ विर्ता गम्हरियामा पनि सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ बस्ने कनही सहनीको छोरा ७ वर्षीय विक्रम सहनीको सोमबार साँझ मृत्यु भएको छ । दुवै घटनाबारे सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!