०८ जेठ २०८१, मंगलबार
21-05-2024 , Tue
×

रूपन्देहीमा पेस्तोल देखाएर १० लाख लुटपाटको गर्ने २ जना भारतीय पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक १५, २०७९

ABC (क्राईमबिट)
रुपन्देही । गत असोेज २३ गते अपराह्न ४ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ पर्सा महिलावारस्थित भित्री सडक नवजीवन स्कुल अगाडि लु ५० प ७५९ नम्बरको भारतीय मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले पेस्तोल देखाएर लु ५० प ७५९ नम्बरको मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतिक नगरपाललिका वडा न. ११ मोग्लाहस्थित लुम्बिनी रेमिट एण्ड कम्युनिकेशनका कर्मचारीको साथबाट १० लाख ९० हजार रुपैयाँ लुटेका थिए।

घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा कात्तिक १० गते साँझ ६ बजे कोटहीमाई गाउँपालिका वडा नं. १ सिपवास्थित इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा यूपी५८भी१८१४ नम्बरको भारतीय मोटरसाइकलमा सवार भारत उत्तर प्रदेश जिल्ला गोरखपुर थाना चिलुवाताल पोष्ट मोहरीपुर ग्राम भगवानपुर बस्ने चालक २८ वर्षका सुनीलकुमार सहानी र मोटसाइकलमा पछाडि सवार भारत उत्तर प्रदेश जिल्ला गोरखपुर थाना सहजनवा पोष्ट ग्राम घगसरा रिठुअखओर बस्ने २६ वर्षका शशिकांत भट्टको साथबाट पेस्तोल, गोली र म्यागजिनसहितका सामान बरामद गरेको हो।

प्रहरीले उनीहरू दुवैलाई पक्राउ गरेर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ। यस्तै उनीहरूले प्रयोग गरेको मोटरसाइकल पनि प्रहरी नियन्त्रणमा छ।

पक्राउ परेका सुनीलकुमार सहानीको साथबाट प्रहरीले सन्मिका इडिन्स्ट्रयल लेखेको सेमी अटोमेटिक पेस्तोल एक थान, त्यसमा लाग्ने म्यागजिन एक थान। म्यागजिनमा रहेको गोलीको पिँधमा केएफ ७.६५ लेखेको राउण्ड पाँच थान, रेडमी ९ कम्पनीको मोबाइल एक थान र चालक अनुमतिको कार्ड एक थान बरामद गरेको छ।

यस्तै शशिकांत भट्टको साथबाट घरेलु बनावटको कटुवा पेस्तोल एक थान, सो कटुवा पेस्तोलमा लाग्ने गोलीको पिँधमा ८ एमएम केएफ लेखिएको गोली राउण्ड एक थान, एमआई मोबाइल एक थान र शशिकांत लेखेको आधारकार्ड एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देही भैरहवाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका ९ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक […]

(ABC-Sanchar) काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले ऐतिहासिक तथा सांस्कृतिक महत्त्व र पहिचान बोकेको ललितपुरस्थित पाटनको विभिन्न धार्मिक क्षेत्रहरूमा यात्रा गरेका छन् । सोमबार पूर्वराजाले पाटन क्षेत्रमा पूजा तथा अवलोकन गरेका हुन् । उनले बङ्गलामुखी मन्दिर, हिरण्य वर्ण महाविहार र कृष्ण मन्दिरमा पूजाआजा गरेका छन् । त्यस अवसरमा पूर्वराजाको स्वागतका क्रममा राजावादीहरूले मोटरसाइकल र्‍यालीसहित शक्ति प्रदर्शन […]

ABC (क्राईमबिट) कपिलवस्तु । सशस्त्र प्रहरी सिमा सुरक्षा बल महाराजगन्ज कपिलवस्तुको टोलीले भारतबाट भित्रीएको २ लाख ९० हजार रुपैयाँ बराबरका अवैध सामाग्री सहित २ वटा मोटरसाइकल बरामद गरिएको हो । पानी तान्ने मोटर र मोटरसाइकल बरामद गरेको शसस्त्र प्रहरी उपरीक्षक राम जंग पाण्डेले जानकारी दिनुभयो । जिल्लाको महाराजगन्ज नगरपालिका १ गैडहवा चोक नजिकै कच्चीबाटो छेउमा […]