२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

रूपन्देहीमा पेस्तोल देखाएर १० लाख लुटपाटको गर्ने २ जना भारतीय पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक १५, २०७९

ABC (क्राईमबिट)
रुपन्देही । गत असोेज २३ गते अपराह्न ४ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ पर्सा महिलावारस्थित भित्री सडक नवजीवन स्कुल अगाडि लु ५० प ७५९ नम्बरको भारतीय मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले पेस्तोल देखाएर लु ५० प ७५९ नम्बरको मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतिक नगरपाललिका वडा न. ११ मोग्लाहस्थित लुम्बिनी रेमिट एण्ड कम्युनिकेशनका कर्मचारीको साथबाट १० लाख ९० हजार रुपैयाँ लुटेका थिए।

घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा कात्तिक १० गते साँझ ६ बजे कोटहीमाई गाउँपालिका वडा नं. १ सिपवास्थित इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा यूपी५८भी१८१४ नम्बरको भारतीय मोटरसाइकलमा सवार भारत उत्तर प्रदेश जिल्ला गोरखपुर थाना चिलुवाताल पोष्ट मोहरीपुर ग्राम भगवानपुर बस्ने चालक २८ वर्षका सुनीलकुमार सहानी र मोटसाइकलमा पछाडि सवार भारत उत्तर प्रदेश जिल्ला गोरखपुर थाना सहजनवा पोष्ट ग्राम घगसरा रिठुअखओर बस्ने २६ वर्षका शशिकांत भट्टको साथबाट पेस्तोल, गोली र म्यागजिनसहितका सामान बरामद गरेको हो।

प्रहरीले उनीहरू दुवैलाई पक्राउ गरेर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ। यस्तै उनीहरूले प्रयोग गरेको मोटरसाइकल पनि प्रहरी नियन्त्रणमा छ।

पक्राउ परेका सुनीलकुमार सहानीको साथबाट प्रहरीले सन्मिका इडिन्स्ट्रयल लेखेको सेमी अटोमेटिक पेस्तोल एक थान, त्यसमा लाग्ने म्यागजिन एक थान। म्यागजिनमा रहेको गोलीको पिँधमा केएफ ७.६५ लेखेको राउण्ड पाँच थान, रेडमी ९ कम्पनीको मोबाइल एक थान र चालक अनुमतिको कार्ड एक थान बरामद गरेको छ।

यस्तै शशिकांत भट्टको साथबाट घरेलु बनावटको कटुवा पेस्तोल एक थान, सो कटुवा पेस्तोलमा लाग्ने गोलीको पिँधमा ८ एमएम केएफ लेखिएको गोली राउण्ड एक थान, एमआई मोबाइल एक थान र शशिकांत लेखेको आधारकार्ड एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देही भैरहवाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!