०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

भोलिदेखि चुनावकेन्द्रित जुलुस र आमसभा गर्न पाउने,

Logo
प्रकाशित बुधबार, कार्तिक १६, २०७९

आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि दलहरुले बिहीबारदेखि चुनाव केन्द्रित प्रचारप्रसारलाई व्यापक बनाउन पाउने भएका छन् । उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत् मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ । यसैबीच निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन राखेको छ । दिउँसो २ बजे हुने पत्रकार सम्मेलनमा निर्वाचनको तयारीका साथै यससँग सम्बन्धित विषयमा जानकारी गराइने बताइएको छ ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौँ । महानगरपालिकाले फोहोर बोक्ने आफ्ना ४ जना चालक रिहा नभएसम्म फोहोर नउठाउने जनाएको छ । सोमबार काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेख्दै चालक रिहा नभएसम्म सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् । उनले लेखेका छन्, ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु […]

(ABC-Sanchar) काठमाडौं । चालु आवको वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका लागि ६ लाख ९ हजार ७ सय ५ जनाले देश छोडेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएर जानेको हो । वैशाखमा मात्र ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा ६४ हजार १० पुरुष […]

ABC (क्राईमबिट) धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका नयाँ प्रमुख प्रहरी निरीक्षक गंगा बहादुर सारु कार्यालयमा हाजिर भएका छन् । यसअघिका प्रमुख दिपक मल्ल डीएसपीमा बढुवा भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली प्रमुखविहीन बनेको थियो । इन्स्पेक्टर सारु लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, रुपन्देहीबाट सरुवा भइ आएका सारु सोमबारदेखि कार्यालयमा हाजिर भएका हुन […]