२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

निर्वाचनलाई लक्षित गरी लुम्बिनी प्रदेश स्तरीय सुरक्षा बैठक बुटवलमा सुरु

Logo
प्रकाशित बुधबार, कार्तिक १६, २०७९

(सागर थापा)
बुटवल । प्रदेशका १२ वटै जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुख र प्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहेको वैठकको उद्‌घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

उनले भने,‘राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ।’ स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहेजस्तै आगामी निर्वाचन पनि सबैको सहयोगमा शान्तिपूर्ण हुने उनले बताए ।

गृहमन्त्री खाणले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताउँदै नागरिकको सुरक्षा र सम्पत्तिको रक्षाका लागि सरकार सधैँ प्रतिवद्ध रहेको उल्लेख गरे । सुरक्षा बैठकमा प्रदेशको सुरक्षा अवस्था र आगामी निर्वाचनबारे छलफल हुनेछ ।

बैठकमा निर्वाचन बहिष्कार गर्दै बिथोल्ने धम्की दिएको विप्लव समूह र विप्लवबाट फुटेर गएको नेकपा बहुमतको गतिविधि नियन्त्रणका विषयमा पनि छलफल हुने सुरक्षा स्रोतले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!