२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

बलात्कार आरोपमा प्रहरीले नौ जनालाई पक्राउ

Logo
प्रकाशित बिहिबार, कार्तिक १७, २०७९

रूपन्देहीमा दुई जना किशोरीमाथि सामूहिक बलात्कार भएको छ। बलात्कार आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।

बुधबार राति साढे १ बजे कञ्चन गाउँपालिका वडा नं. २ गोफ्लापुरस्थित बाटोमा हिँड्दै गरेका १५ र १६ वर्षका दुई किशोरीलाई ११–१२ जनाको समूहले अपहरण गरेर जंगलमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ।

घटनाबारे सूचना प्राप्त भएपछि राति नै इलाका प्रहरी कार्यालयहरू रुद्रपुर, सूर्यपुरा र सालझण्डीबाट खटिएको प्रहरी टोलीले बलात्कार आरोपमा नौ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए।

१५ वर्षकी किशोरीलाई गैडहवा गाउँपालिका वडा नं. ८ स्थित देउराली सामुदायिक वनको जंगलमा लगेर बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सैनामैना नगरपालिका–१० का १८ वर्षीय बबी पाण्डे, सोही ठाउँका २६ वर्षीय रामबहादुर विक र अन्य तीन जना छन्।

यस्तै १६ वर्षीया किशोरीलाई गैडहवा गाउँपालिका वडा नं. २ कुलिचौरस्थित कञ्चन खोलाको बगरमा लगेर बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सैनामैना नगरपालिका–११ वनकट्टीका १९ वर्षीय पदम कार्की, गैडहवा गाउँपालिका वडा नं. ८ का १८ वर्षीय राहुल परियार र अन्य दुई जना छन्।

पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!