२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

नेपाली सेनाको उच्च पदमा सिताराम खड्काको बढुवा र पदस्थापन

Logo
प्रकाशित शुक्रबार, कार्तिक १८, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाली सेनाका उच्च पदमा बढुवा र पदस्थापन भएको छ । रथी पदमा सिताराम खड्काको बढुवा भएको छ । उनलाई शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रममा रथी खड्कालाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

मन्त्रिपरिषद्को कात्तिक १६ को निर्णयले उपरथी खड्कालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी भएसँगै खड्कालाई बलाध्यक्षमा नियुक्त गरिएको छ । योसँगै उनी नेपाली सेनाका तेस्रो उच्च पदका सैनिक अधिकृत भएका छन् । बलाधिकृत रथी (सेनाका दोस्रो पदका) बालकृष्ण कार्कीले नियमित अवकाश पाएपछि एक रथी पद खाली थियो ।

सेनामा प्रधानसेनापतिपछि दुई रथी हुन्छन् । कार्कीको बलाधिकृत रथीमा सरोजप्रताव राणाको बढुवा भएको छ भने राणाको जिम्मेवारी खड्काले सम्हाल्नेछन् ।

सैनिक मुख्यालयमा शुक्रबार आयोजित कार्यक्रममै उपरथीमा बढुवा भएका विजय थापा र आशबहादुर तामाङलाई पनि प्रधानसेनापति शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । थापालाई सुदूरपश्चिम पृतना हेडक्वाटरको पृतनापति र उपरथी तामाङलाई नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षमा नियुक्ति गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!