२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

अस्ट्रेलियामा आफ्नो प्रेमीको हत्या गर्ने एक महिलालाई २७ वर्षको जेल सजाय

Logo
प्रकाशित शुक्रबार, कार्तिक १८, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । आफ्नो प्रेमीको हत्या गर्ने एक महिलालाई २७ वर्षको जेल सजाय सुनाइएको छ । अस्ट्रेलियाको एक अदालतले कानुनी कारणले नाम नखुलाइएकी ती ३४ वर्षीया महिलाले उनको प्रेमीलाई बन्चरोले हानेर हत्या गरेको ठहर गरेको छ । महिलाले ईर्ष्यावश बदला लिन प्रेमीको हत्या गरेको अनुसन्धानकर्ताले बताए ।

‘मृतकको हत्याले उनलाई माया गर्नेहरूमाथि गहिरो चोट परेको छ । उनका नजिकका व्यक्तिमा परेको शोकलाई केहीले पनि कम गर्न सक्दैन,’अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सर्वोच्च अदालतका न्यायाधीश नटाली एडम्सले शुक्रबार सजाय सुनाउँदा भनिन् ।

 

महिलाले सेप्टेम्बर २०२० मा सिड्नीको एक घरमा सुतेर आईप्याड हेरिरहेका प्रेमीलाई बन्चरोले हानेर मारेकी थिइन् । लामो समयदेखिका ती पार्टनरको (सँगै बसोबास गर्ने प्रेमी) हत्या गर्नुअघि उनले गुगलमा कसरी सजिलै मार्ने भन्ने कयौँ सर्च गरेको पाइएको छ । अदालतमा उनले सर्च गरेको केही पदावली पढेर सुनाइएको थियो ।

‘कसैलाई बन्चरोले मार्ने हो भने, शरीरको कुन भागमा हान्नुपर्छ ?’, ‘ कसैलाई उम्लिरहेको तातो पानीले मार्न सकिन्छ ?’, ‘के चक्कुले मान्छे मार्न साँच्चै सजिलो हुन्छ ?’ जस्ता तथ्य सर्च गरेको अनुसन्धानदाताले पाएका छन् । हत्या गर्नुभन्दा केही अघि भने उनले ‘कसैलाई सबैभन्दा छिटो मार्न शरीरको कुन भागमा बन्चरोले हान्नुपर्छ ?’ भनेर सर्च गरेको पाइएको छ ।

शुक्रबार फैसला सुनाउने क्रममा न्यायाधीशले ती जोडीबीच ‘अस्थिर’ र ‘हिंसाले भरिपूर्ण’ सम्बन्ध रहेको बताएकी थिइन् । मारिएका पुरुषविरुद्ध सन् २०१०,२०११ र २०१९ मा हाल हत्या गर्ने महिलाविरुद्ध हिंसा गरेको आरोप लागेको थियो ।

मुद्दाबारे सहमत तथ्यहरू अनुसार, हत्या हुनुअघि पीडित पुरुष अर्कै महिलासँग बस्न थालेका थिए, जसले हत्यारा महिलालाई खतरनाक, हिंसात्मक बताएका थिए । त्यसपछि ती नयाँ महिलाले हत्यारा महिलालाई १९ म्यासेज पठाएर ‘उसको पुरुषले नयाँ महिलासँग यौन सम्बन्ध गरिरहेको’ बताएकी थिइन् ।

सोही दिन उनले पुरुषको हत्या गरेकी थिइन् । ३४ वर्षीया महिलाले पछि प्रहरी कहाँ गएर हत्याको स्वीकारोक्ति गरिन् तर प्रहरी सामु उनले प्रेमीले छुरा ल्याएकोजस्ता अनेक झुट बोलेकी थिइन् । अदालतको सजाय अनुसार महिलाले अब नोभेम्बर २०३९ मा मात्र उनलाई दिएको सजाय छुटको लागि निवेदन दिन सक्छिन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!