२९ भाद्र २०८१, शनिबार
14-09-2024 , Sat
×

यातायात बिभागले मङ्सिर १ गतेदेखि लाइसेन्सको अन्लाईन आवेदन बन्द गर्ने

Logo
प्रकाशित शनिबार, कार्तिक १९, २०७९


(ABC-Sanchar)
काठमाडौं । सरकारले आगामी १ मंसिरदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको छ । एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने बताएको छ ।

सूचना अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुनेछ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विभागबाट कर्मचारीहरू खटिनुपर्ने भएकाले सेवा रोक्नु परेको सरकारको दाबी छ ।

विभागले कहिलेदेखि प्रणाली खुल्छ भन्ने उल्लेख गरेको छैन । विभागले लाइसेन्स छपाइ र वितरण चरम ढिलासुस्ती गर्दै आएको छ । ट्रायल पास भइसकेकाहरुले करिब ३ वर्षसम्म पनि लाइसेन्स नपाएको अवस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बझाङ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो । भूकम्पको धक्का बझाङ र आसपासका क्षेत्रमा सामान्य महसुस भएको बताइएको छ ।

  बाँके । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत(हाल नेपालगंज) मा “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)” निरीक्षणको लागि यस केन्द्रमा पाल्नु भएका तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी समेतको समितिद्वारा यस केन्द्रको निरीक्षण सम्पन्न भयो । साथै उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी ज्यूले यस केन्द्रमा […]

  काठमाडौं । उच्च अदालत, पाटनले उनलाई बिहीबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। धरौटी बुझाएर उनी छुटेका छन्। यसअघि जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको थियो। आफ्नै घरमा काम गर्न राखेकी बालिकाले इन्सपेक्टर शिवाकोटीमाथि बलात्कारको उजुरी दिएकी थिइन्। ती बालिकालाई काठमाडौं महानगरपालिकाको बाल कल्याण समितिले गत जेठमा उद्धार गरेको थियो। […]

error: Content is protected !!