०१ आश्विन २०८१, मंगलबार
17-09-2024 , Tue
×

लमजुङमा ३ लाख रुपैयाँसहित ३८ जना जुवाडेहरु पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक १९, २०७९

ABC (क्राईमबिट)
लमजुङ । प्रहरीले एकै रात २ ठाउँबाट नगद २ लाख ८१ हजार १ सय २५ रुपैयाँसहित ३८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

विभिन्न ठाउँमा जुवा (कौडा) भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङ र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको संयुक्त प्रहरी टोलीले कौडा थान ३२ सहित नगद र जुवाडे पक्राउ गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति करिब ११ बजेको समयमा बेंसीसहर नगरपालिका ११ चिती तिनपिप्ले बस्ने ५७ वर्षीय गणेशप्रसाद श्रेष्ठको घरमा हार जितको बाजी राखी जुवा (कौडा) खेल्दै गरेको अवस्थामा घरधनी श्रेष्ठसहित २५ जना पुरुषलाई नगद १ लाख २१ हजार २५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरिएको डीएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसार पक्राउ पर्नेहरु सबै उक्त वडाकै रहेका छन् ।

यस्तै, शुक्रबार राति नै सुन्दरबजार नगरपालिका १ कुन्छा बस्ने ४४ वर्षीय रामबहादुर दुराले जुवा (कौडा) खेलाउँदै गरेको अवस्थामा उनीसहित १३ जना पुरुषलाई नगद १ लाख ६० हजार १ सय २५ रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा १२ जना सुन्दरबजार नगरपालिकाका रहेका र १ जना तनहुँको रहेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर जगदिश रेग्मीले पक्राउ परेका व्यक्तिहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको बताए । ‘आज (शनिबार) बिदाको दिन पर्‍यो । हामी भोलि (आइतबार) म्याद थप गरी थप अनुसन्धान थाल्छौं,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । भैरहवा नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८१” मापदण्ड बमोजिम आज मिति २०८१।०६।०१ गतेका दिन केन्द्रीय कार्य दक्षता मूल्याङ्कन समितिका संयोजक एवं तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाण्डौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सुदिप गिरीसहितको निरीक्षण टोलीद्वारा जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत इलाका प्रहरी कार्यालय धकधई रुपन्देहीको निरीक्षण अनुगमन गर्नुभएको […]

  धनगढी । घोडाघोडी नगरपालिका–७ का २२ वर्षीय दिपक विकको मृत्यु भएको घटनामा प्रहरीले एक युवतीलाई समातेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर विष्टले मृतककी प्रेमिकासमेत रहेकी युवतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जानकारी दिए। उनका अनुसार प्रेमिकाले नै विकको मृत्युमा भूमिका खेलेको देखिएको छ। मृतक विक जरबजस्ती करणीमा दोषी ठहर भएर कारागार चलान […]

एआईजी सुदिप गिरीद्वारा लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवलको निरीक्षण बुटवल । नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८१” को कार्यतालिका बमोजिम आज मिति २०८१ असोज १ गते केन्द्रीय कार्य दक्षता मूल्याङ्कन समितिका संयोजक एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौका कार्यकारी निर्देशक श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी सहितको निरीक्षण टोलीद्वारा निरीक्षण अनुगमन गर्नुभयो […]

error: Content is protected !!