२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

काठमाडौं उपत्यकाबाट मापसे गरी सवारीसाधन चलाउने ४ जना पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक २०, २०७९


ABC (क्राईमबिट)
काठमाडौँ । प्रहरीले लागूपदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने चारजनालाई भक्तपुरको जगातीबाट पक्राउ गरेको छ। आइतबार बिहान भएको विशेष चेकजाँचका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका सेवनकर्ताको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने बा.४ ख १९ ५६, बा.२४ प ११ ४६, बा.७६ प ५३ ८६ र प्रदेश ३-०२-००६ प ८२६ नम्बरको सवारीसाधनका चालक रहेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। ट्राफिक प्रहरीले प्राविधिकको सहयोगमा टिएचसी विधिबाट लापसे चेक गर्दै आएको छ।

चेकजाँचमा कार्यालयसहित लागुऔषध नियन्त्रण ब्युरो, नेपाल प्रहरी अस्पताल र प्रहरी वृत्त जगातीको संयुक्त टोली सहभागी थियो।

चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने दुई चालकलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!