२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

सल्यानमा मङ्सिर ४ गतेसम्म मदिरा बिक्रीवितरण र सेवनमा रोक

Logo
प्रकाशित सोमबार, कार्तिक २१, २०७९


(ABC-Sanchar)
सल्यान । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय सल्यानले सोमबारदेखि निर्वाचन सम्पन्न नहुँदासम्मका लागि सल्यानमा मदिरा बिक्री/वितरण र सेवनमा प्रतिबन्ध लगाएको छ ।

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण, भयरहित, निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि भन्दै मदिरा बिक्री वितरण तथा सेवनमा जिल्ला प्रशासन कार्यालय सल्यानले प्रतिबन्ध लगाएको हो ।
नेपाल सरकार गृह मन्त्रालय (शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखा) सिंहदरबार काठमाडौंले परिपत्र गरेपछि शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सूचना प्रकाशन गरेर रोक लगाएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए । मदिरा सेवन तथा बिक्री वितरणका कारण होहल्ला बढी हुने र झगडा पर्ने भएकाले रोक लगाउनु परेको उनले बताए ।

‘सोमबारदेखि कसैले बिक्री वितरण गरेको पाइएमा तथा सेवन गरेर होहल्ला गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिनेछ,’ उनले भने ।

मदिरा बिक्री वितरण र सेवन नगर्न उद्योग वाणिज्य संघ तथा जिल्लाका सबै व्यापारीलाई जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी गराए । उनका अनुसार मदिरा बिक्री वितरण तथा सेवन गरे/नगरेको थाहा पाउन केही दिनभित्रै जिल्लाका सबै पालिकामा रहेका पसलहरू अनुगमन गरिनेछ ।

जानकारी गराउँदा पनि सूचनाको बेवास्ता गरी मदिरा बिक्री वितरण र सेवन गरेको पाइएमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!