२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

निर्वाचनको लागि काठमाडौंदेखि करिब १२ हजार प्रहरी जिल्लामा परिचालन हुने

Logo
प्रकाशित सोमबार, कार्तिक २१, २०७९


ABC (क्राईमबिट)
काठमाडौ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका भोलिबाट काठमाडौं उपत्यकादेखि करिब १२ हजार प्रहरी जिल्लामा परिचालन हुने भएका छन्।

प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यकामा रहेका विभिन्न युनिटहरूबाट बाहिरका जिल्लामा थप मदतका लागि ११ हजार ९ सय ६१ जना प्रहरी परिचालन हुने जानकारी दिए।

‘उहाँहरू भोलिबाट जिल्लातर्फ जानु हुने छ। मतदान स्थल र मतदान केन्द्रको सुरक्षाका लागि उहाँहरू परिचालन हुनुहुने छ’, डीआईजी राईले भने। मंसिर ४ गते एकै चरणमा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले सुरक्षा व्यवस्थापन सुरु गरेको हो।

काठमाडौं उपत्यकाबाट सबैभन्दा बढी ३ हजार ८ सय २ जना प्रहरी मधेश प्रदेशमा थप मदतका लागि जाँदैछन्। निर्वाचन सुरक्षाका लागि यसअघि नै एक लाख म्यादी प्रहरीहरू परिचालन भइसकेका छन्। मतदान केन्द्रको सुरक्षामा म्यादी प्रहरी र नेपाल प्रहरी परिचालन हुनेछन्। त्यसभन्दा बाहिर राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल र नेपाल आर्मी परिचालन हुने छ।

‘मतदान केन्द्र आसपासमा प्रहरीकै मोबाइल टोली र रिजर्भ टोली पनि रहने छ’, प्रवक्ता राईले भने। जुनियर प्रहरी अधिकृतले मतदान केन्द्रको कमान्ड सम्हाल्नेछन्। सुरक्षा जोखिम र चुनौतीका आधारमा गृह मन्त्रालयले मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तिन भागमा बाँडेको छ।

देशभरका करिब २२ हजार मतदान केन्द्रमध्ये ३ हजार ६५ वटालाई अति संवेदनशील र ४ हजार ४ सय ७८ वटालाई संवेदनशील भनेर वर्गीकरण गरिएको छ। बाँकीलाई सुरक्षा जोखिमका हिसाबले सामान्य मतदान केन्द्र मानिएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता राईले विगतको निर्वाचनका अनुभव र भएका घटनालाई विश्लेषण गरेर सुरक्षा चुनौती आङ्कलन गरिएको र त्यसै आधारमा मतदान केन्द्रहरूको विश्लेषण गरिएको बताए।

प्रहरीले निर्वाचन अवज्ञा गरेका विप्लव नेतृत्वका पार्टीसहितका दलहरू, भौगोलिक विकटता, अन्तर पार्टी विवाद, उम्मेदवारको पृष्ठभूमि, नेताहरूका ‘हेट स्पीच’ र सामाजिक सञ्जालको दुरुपयोगलाई सुरक्षा चुनौतीका रूपमा लिइएको छ। यस्तै खुला सिमानाबाट हुने सक्ने आपराधिक गतिविधिलाई पनि ध्यानमा राखेको प्रवक्ता राईले बताए। निर्वाचनमा उठेका उम्मेदवारको सुरक्षा व्यवस्था पनि मिलाइएको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!