२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

राष्ट्रिय परिचयपत्रमा ब्यापक कमिसन र चलखेल सुरु अख्तियार किन मौन ?

Logo
प्रकाशित मंगलबार, कार्तिक २२, २०७९


(ABC-Sanchar)
काठमाडौं । राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक तीर्थ भट्टराई अमेरिकाको भ्रमण गरेर हालै फर्किएका छन् । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको चाकडी बजाएर अमेरिका भ्रमणको सिफारिसमा परेका थिए भट्टराई ।

पाण्डे गृहमा सचिव रहुञ्जेल कम्तीमा पनि दिनमा एक पटक कार्यकक्षमै पुगेर चाकडी गर्न माहिर भट्टराईले उनका पालामा उपत्यका वा रुपन्देही, झापा, मोरङ, काभ्रे जस्ता जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्न ठूलै पापड बेलेका थिए । तर, गृहमन्त्री बालकृष्ण खाँण भट्टराईप्रति सकारात्मक नहुँदा सचिवको प्रयास सफल हुन सकेको थिएन ।

गृहको नेतृत्व खाँणले लिएपछि उनका भाइ रामकृष्ण खाँणमार्फत् महत्वपूर्ण जिल्लाको सीडीओ बन्न प्रयास नगरेका होइनन् । काँग्रेसका नेताहरुको दैलोमा पनि नपुगेका होइनन् । तर, उनको प्रयास सफल हुन सकेन । पाण्डे सरुवा भएपछि ‘मुडअफ’ भएका भट्टराईलाई पाण्डेकै आशीर्वादमा अमेरिका भ्रमणमा पुगेको बताइन्छ ।

नेपालमा रहँदा पनि अधिकांश समय कार्यालयको कामको बहानामा विभिन्न जिल्ला भ्रमणमा निस्किहाल्ने भट्टराईले भ्रमणमा आफू मातहतका कर्मचारीलाई भने अवसर नै नदिने गरेको आरोप छ ।

हरेक भ्रमणमा आफैं सुटकेश लिएर अघि बढिहाल्ने भट्टराईले कतिपय जिल्लामा परिवारै बोकेर जाने गरेका थिए । सिडीओको निःशुल्क आतिथ्यता पाइने भएका कारण भ्रमणमा जाँदा गुणै बोकेर कुद्ने गरेको आरोप छ ।

राष्ट्रिय परिचयपत्र छपाईमा पनि गम्भीर

घोटाला गरेको आरोप लागेका भट्टराईले कमसल परिचयपत्र छापेर मोटो रकम असुलेको आरोप छ । विभागको कार्यस्थलमा भिआइपीदेखि राष्ट्रसेवक कर्मचारी, प्रहरी, सेना लगायत सर्वसाधारणहरु परिचयपत्रका लागि फोटो खिचाउन दैनिकजसो लाइन लाग्ने गरेका छन् । आफ्नो कार्यकक्ष सुविधासम्पन्न नयाँ भवनमा राखेका भट्टराईले परिचयपत्रका लागि तस्बीर खिचाउने कक्ष भने साँघुरो बाख्राको खोर जस्तो रहेको छ । अशक्त र बृद्धहरुका लागि बस्ने व्यवस्था समेत नभएकाले लाइनमै उभिनुपर्ने बाध्यता छ ।

सिंहदरबारको पुरानो गृहमन्त्रालयकै आडमा रहेको उक्त विभागले सेवाग्राहीका लागि प्लाष्टिकको कुर्सी समेत व्यवस्था गर्न सकेको छैन । आफू चिटिक्क परेर त्यही बाटो आउजाउ गर्दा पनि उनलाई त्यो अस्तव्यस्त अवस्थाले लाज लागेको छैन । सेवाग्राहीले प्रयोग गर्ने शौचालयको अवस्था झन विकराल छ । पानीको थोपो नझर्ने शौचालयमा राखिएका बेसिन फोहोरले भरिएका छन् । सेवाग्राही लाइन बस्ने आसपासमै कुकुरले छाउरा हुर्काएका छन् ।

यस्तो दुरावस्थामा रहेको कार्यालयका प्रमुख भने भ्रमणका नाममा देशविदेश चाहारिरहन्छन् । बाहिर देखेर आएको कुरा आफ्नो कार्यालयमा लागू गर्न उनलाई चासो छैन । अमेरिका भ्रमणबाट फर्केलगत्तै आफ्ना हितैषी सीडीओ भएको रामेछाप कार्यक्रमको बहानामा पुगिसकेका छन् ।दृष्टि-न्युज

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!