२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

भारतको पश्चिम बङ्गालमा बम विष्फोट, ३ जनाको मृत्यु

Logo
प्रकाशित आइतबार, मंसिर १८, २०७९

भारतको पश्चिम बङ्गालमा शनिबार राति बम विस्फोट गराएर कम्तीमा पनि तीन जनाको ज्यान लिइएको समाचारमा जनाइएको छ । यसरी ज्यान जानेमा यहाँको एक भारतीय राज्य पश्चिम बङ्गालको मणिपुर जिल्लास्थित भूपतिनगरमा रहेको त्रिणमूल कंग्रेसका नेता राजकुमार मन्नाको घरमा शनिबार राति बम विस्फोट भएको थियो । सो विस्फोटमा परेर उनको पनि निधन भएको छ ।सो विस्फोटमा परेर उनीबाहेक अरु दुई जनाको पनि ज्यान गएको बताइएको छ । मारिएका अरु दुई जनामध्ये एकजना मन्नाका भाई र अर्का एक सो पार्टीका कार्यकर्ता रहेको बताइएको छ । सो घटना भएपछि राति नै प्रहरी घटनास्थलमा पुगेको थियो । बम विस्फोटबाट सो घर जलेर पूर्ण रुपमा ध्वस्त भएको पनि प्रहरीले जानकारी दिएको छ ।प्रहरीले उक्त घटनाको अनुसन्धान थालेको जनाएको छ । प्रहरीले यसको अनुसन्धान सुरु भइसकेको तर उक्त विस्फोट र हत्याको कारण अहिले नै स्पष्ट नभएको जनाएको छ । तर भारतीय जनता पार्टीको पश्चिम बंगालका नेताले भने मन्नाको घरमा नै बम बनाइएको र बम बनाउने क्रममा विस्फोट भएर सो दुर्घटना भएको जनाएका छन् । उनले उक्त घटनाको अनुसन्धान गर्न पनि माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]