२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

प्रहरी आचरण र व्यवहारमा सुधार ल्याउन आइजिपी धिरज प्रताप सिंहको निर्देशन

Logo
प्रकाशित मंगलबार, मंसिर २०, २०७९

ABC (क्राईमबिट)
सोलुखुम्बु । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान तथा नियन्त्रणको साथै जनअपेक्षा अनुरूप प्रहरी सेवा प्रवाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूले व्यावसायिक, लगनशील र निडर भई जिम्मेवारी वहन गर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको मंगलबार निरीक्षण भ्रमण तथा मातहत प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा प्रहरी महानिरीक्षक सिंहले सो निर्देशन दिएका हुन् ।

निर्देशनको क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरसः पालना गरी प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई व्यक्तिगत लाभ भन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखी कार्य सम्पादन गर्नुपर्ने बताए । सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न तथा जनचेतनाको कमीबाट हुने घटनाहरुलाई नियन्त्रण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्न समेत उनले निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक सिंहले सर्वोच्च शिखर सगरमाथाले परिचित पर्यटकीय जिल्ला सोलुखुम्बुमा भ्रमणको लागि आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुको आवागमनलाई सहज र सुरक्षाको प्रत्याभूति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनाउनेतर्फ प्रहरी कर्मचारीहरू थप सक्रिय हुनुपर्ने उनको भनाई थियो ।

आपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरु नियन्त्रण गर्न, प्रकोपमा उद्दार कार्य गर्न तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न स्थानीय तह तथा अन्य सुरक्षा निकायसँग समन्वय गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संगठनको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]