१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

दुई देशको बैठक पछी महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

Logo
प्रकाशित बुधबार, मंसिर २१, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । नेपाल-भारत सीमा समन्वय बैठक भारतको धारचुलामा सम्पन्न भएको छ । भारतले महाकाली नदीमा निर्माण गरिरहेको पक्की तटबन्धबारे विवाद भएपछि दुई देशका सुरक्षा अधिकारीहरूबीचको समन्वयात्मक बैठक बसेको हो ।

आज (बुधवार) भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाधेको थियो । आजको बैठकले तारजालीसहितको अस्थायी बाँध हटाउने सहमति गरेको उनले बताए । यस्तै भारतले निर्माण गरिरहेको तटबन्धबारे दुवै देशका इन्जिनियरहरूले अनुगमन गर्ने भएका छन् ।

बैठकमा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी उपाध्याय, सुरक्षा निकायका प्रमुख, महाकाली नदी नियन्त्रण आयोजनाका प्रतिनिधि करनसिंह धामी र भारतका तर्फबाट पिथौरागढ जिल्लाका प्रमुख रीना जोशी, तहशिल धारचुलाका उपजिल्ला अधिकारी दिवेश शासनी लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]